ताजा समाचार

वैशाख २६ गते २०७६

अविवाहित सलमान बाबु बन्दै

बलिउडका चर्चित नायक सलमान खान ५३ बर्षको उमेरसम्म आईपुग्दा पनि उनी अबिवाहित छन् । सोही कारण पनि उनलाई बिवाह कहिले गर्ने प्रश्नले कहिल्यै छोड्दैन । तर टाउको भरी मुद्धा नै मुद्धा बोकेर हिडेका उनले यही कारण पनि बिवाह नगरेको भनेर टिकाटिप्पणीहरु हुने गर्छन् ।

त्यसोत उनलाई हिट एण्ड रन केश र कालो हरिण मारेको मुद्धामा ५ ५ बर्ष जेल सजायँ सुनाईसकेको छ । यतिबेला उनी जमानतमा रिहा भएका हुन् । बिवाहको अन्यौलताकाबीच सलमानले भने बुवा बन्ने सोच बनाएका छन् । बालबालिका भने पछि भुतुक्क हुने सलमान सरोगेसीको माध्यमबाट बुवा बन्ने तयारीमा रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।


सलमान प्रेमको बिषयमा निकै अभागी साबित भए । मुद्धा नै मुद्धा बोकेर हिडेका सलमानले यही कारण पनि बिवाह गर्न चाहिररहेका छैनन् तर बुवा बन्ने चाहनालाई भने उनले मार्न सकेका छैनन् । त्यसोत सलमान बलिउडका पहिलो सेलिब्रेटी होईनन् जो पहिलो पटक सरोगेसीको माध्यमबाट बुवा बन्दैछन् । यसअघि सारुख , तुषार कपुर , करण जौहर , आमिर खान लगायतका हस्तीहरुले पनि सरोगेसीको माध्यमबाट बुवा बनिसकेका छन् ।