ताजा समाचार

वैशाख २६ गते २०७६

मोटोपना : आजभोलिका प्रमुख रोग र अन्य रोगको मुख्य कारण

पहिले-पहिले मोटाउनुलाई निकै राम्रो पनि मानिन्थ्यो । अहिले मोटाउनु मानिसका लागि अभिशाप बन्न थालेको छ । निरन्तररुपमा मोटाउँदै जाँदा शरीरमा विभिन्न रोग लाग्ने सम्भावना पनि बढेर जान्छ । मोटोपना भनेको शरीर को तौल बढ्ने हो। नेपालीहरुमा मोटोपना बिशेष गरेर शरीरभरि भन्दानि पेटमा  बढेको  देखिन्छ।  अव्यवस्थित जीवनशैली र गलत खानेकुराको उपहार हो मोटोपना र पेटको बोसो । अस्वस्थ जिबनसैलि र अस्वस्थ खानपानले कयौ प्रणघातक रोगहरु शिकार बनाउन सक्छ ।

मोटोपनाका  कारण लाग्ने रोगहरु :

१.उच्च रक्तचाप ( हाई ब्लड़ प्रेसर )   २ .हृदयघत् ( मुटुको हार्ट एटैक) ३. मधुमेह (डाइबेटीज ) ४. कलेजोमा बोसो ( फ्याटी लिवर) ५.  मस्तिकघात ( प्याराल्यसिस ) ६. घुर्ने / निन्द्रामा सास नै रोकिने  ७. दम  आदि

यी सबै आजभोली एकदमै महामारिको रुपमा बढ्दै गैरहेको छ ।हिजोआज यी  सबै रोगहरु मानिसको आल्पाआयुमा हुने मृत्यु प्रमुख कारणहरु बन्न गएका छन् । मोटोपनालाई विगतमा समस्याका रूपमा हेरिए पनि अहिले चिकित्सकहरू गम्भीर  रोगका रूपमा लिन्छन् ।

मोटोपनाले  हुने कलेजो को रोग : FATTY LIVER कलेजोमा बोसो

हिजो आज धेरै बिरामीहरु USG (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखियोभनेर hospital clinic मा आउने गरेको देखिन्छ |

के हो त fatty liver ?

हामी सबैको सामान्य बुझाइको लागी fatty liver भनेको कलेजो मा बोसो जमेको अवस्था भन्न सकिन्छ |

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो ?

धेरै जस्तो अवस्थामा fatty liver सामान्य जस्तो लाग्न सक्ला , तर यस्लाई नजरन्दाज वा हेलचेक्राई गर्नु भने हुँदैन | चिकित्सक , पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ | कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने कलेजोको नराम्रो रोगको पहिलो लक्षण पनि  हुन सक्दछ |

Fatty liver भयपछी के के हुन्छ त ? (PROGRESSION OF FATTY LIVER)

  • Fatty liver भनेको कलेजो को रोगको पहिलो लक्षण मान्न सकिन्छ | यो अवस्थामा मान्छे बाहिर बाट हेर्दा एकदमै normal हुन सक्छ | उसका blood (LFT/ कलेजोको रगत का ) रिपोर्ट normal नि हुन सक्छन |
  • Steatohepatitis – second stage मान्न सकिन्छ

यस्मा (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखिनुको साथै कलेजो सुन्निन्छ , फुल्छ |

लक्षणहरू

कसै कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख मिठो नहुने , आलस्य, कमजोरी, पहेलो पिसाब , आँखाबाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने( jaundice) पनि देखिन सक्छ  |करंग मुनिको  दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ |

यसको समयमै रोगको कारण , निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कल्जो बिग्रने अवस्था पनि आउन सकछ | कलेजो बिग्रेर कलेजो failure भएमा तेस्लाई cirrhosis ( liver सिरोसिस) of liver भनिन्छ | तर सफल उपचार गरे बिरामी पहिलेको जस्तै  सामान्य अझै पनि हुन सक्छ |

तर steatohepatitis को अवस्था मा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नु पर्छ | समयमै उपचार गरे कलेजो बिग्रन पाउन्दैन| आफ्नो पुरानो स्वरूपमा कलेजो राम्रो हुँदै जान्छ |

मोटोपना को नापन

  • पेट बढेर आउने
  • लगाइरहेको कपडा सानो वा टाईट हुने
  • कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९०  (३५.५ इन्च) सेन्टिमिटरभन्दा थोरै सामान्य मानिन्छ । त्योभन्दा बढी भए मोटोपना ।
  • शरीरको उचाइको अनुपातमा हुनुपर्ने औसत तौलभन्दा शारीरिक तौल बढी हुनु नै मोटोपन हो । २५  भन्दा बढी बीएमआई (तौल र उचाइको सूचक) हुनुलाई मोटोपनका रूपमा लिइन्छ । शरीरको तौल केजी लाई  उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक (केजी / सेन्टिमिटर 2 ) नै बीएमआई हो । बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । २५ देझी २९.९  बढी वजन , ३० देखि ३४.९ मोटोपना ग्रेड १ , ३५ देखि ३९.९ ग्रेड 2 वा अत्यधिक मोटोपना । ४० भन्दाबढी बीएमआई छ र जीवनशैली पनि असन्तुलित छ भने माथि उल्लेखित र अन्य  प्राणघातक   रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ ।

मोटोपना हुने कारणहरु

  • अस्वस्थ खानपीन – बढी चिल्लो र बोसो युक्त खानपिन २. विलाशी जीवन ३. शारीरिक व्यायाममा कमी  ४. रक्सि र चिल्लो खानपिन  ५. रगतमा नराम्रो बोसो, कोलेस्टेरोल  को मात्र धेरै हुँदा        ६ रोगहरु : थाईरोइड आदि  ७. लामो समय सम्म औषधिहरुको प्रयोग गर्नाले : डिप्रेसनमा , लामो समय देखि दम ,जोर्नीको दुखाइमा  प्रयोग हुने स्टेरोएड, महिलाले खाने चक्की , संगिनी सुइ

शरीरलाई स्वस्थ्य राख्न खानपिनमा ध्यान दिन जरुरी हुन्छ ।

  • प्रशस्त मात्रामा पानी पिउनुहोस् ।
  • धेरैपटक खाने तर थोरै-थोरै खाने
  • भरसक तेल भएको खाना, प्याकेट को फ्राई , धेरै नखाने ,
  • गुलियो खानेकुराबाट टाढै बस्नुहोस् । चक्लेट, गुलियो पेय पदार्थ ,कोक ,फेन्टा  र चिल्लो खानेकुरा नखानुहोस् । यस्ता खानेकुराहरुको प्रयोगले तपाईंको शरिरको पेट र तिघ्रामा बोसोजम्मा हुन मद्दत गर्दछ ।
  • तरकारी र फलफूलमा बढि जोड दिनुहोस् । दैनिक बिहान र बेलुका एक कचौरा फलफूल खाने गर्नुहोस् । सलाद , गाजर, काँक्रो, मुला आदि खाने. यसले तपाईंको शरिरमा एन्टिअक्सिडेन्ट, मिनरल र भिटामिन परिपूर्ती गरिदिन्छ ।
  • बेलुकी खाना खाइसकेपछि वरिपरि कम्तीमा सय कदम हिँड्ने
  • सकेसम्म सुत्नु भन्दा ३/४ घण्टा पहिले नै खाना खाने
  • नेपालि परिवेशमा हामिले बिहान बेलुका  खाने भात बढी नै खान्छौ , जसमा  कर्बोहाइड्रेट (Carbohydrate) को मात्र अत्यधिक हुन्छ। भात कम गरौं। खानामा साग सब्जी सलाद लै प्राथमिकता दिउँ ।   
  • रक्सि चुरोट र सुर्तिजन्य पदर्थको सेवन् नगरौ
  • नियामित व्यायाम गर्नुहोस  । बिहान सबेरै छिटो छिटो हिड्ने, दौडने, नाच्ने, उफ्रने, , फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, टेनिस, डोरी आदि खेल्ने  साइकल चलाउने र परेड खेल्ने, पसिना आउनेगरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ ।

नियमित व्यायाम गरेमा  वजन घटाउन सकिने तर, खानाबाट शरीरमा ऊर्जा थप्नु हुँदैन । खानामा परहेज नगर्ने  हो भने मोटोपना घटाउने व्यायाम सफल नहुन पनि सक्छ  । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको भने हुँदैन । शरीरको बोसोभन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ  ।

कुनै कुनै अन्य रोग लागेको अवस्थामा चिकित्सक ले वजन घटोस भनेर औषधि पनि दिनुहोला । तर चिकित्सक को सल्लाह बिना एस्त औषधि प्रयोग गर्नु हुँदैन

जवसम्म तपाईले खानाको मात्रामा कमील्याउनु हुन्न औषधीले केही गर्न सक्दैन । यदि तपाई अतिनै  मोटो हुनुहुन्छ  र मोटोपना को कारणले अन्य रोग अथवा ज्यानमारा रोग देखिएको छ  भने अप्रेसनबाट पनि तौल घटाउनसकिन्छ ।

समयमै चिकित्सक संग सालह लिनुहोस् ।मोटोपना को नापम गर्नुहोस। मोटोपना को कारक कुनै अरु रोग भए नभएको पत्ता लागाउनुहोस ।मोटोपना संग जोडिएको रोग को उपचार गर्नुहोस। मोटोपन ,पेट लागेको , कलेजोमा बोसो जमेकोलाई सामन्य नलिनुहोस् । खानपिन मा ख्याल गर्नुहोस , नियामित ब्यायाम गर्नुहोस, चिकित्सक को सल्लाह अनुसार उपचार गर्नु होस्। स्वस्थ रहौँ  , स्वस्थ समाज को निर्माण गरौँ ।

(सह-प्राध्यपाक डा. भट्टराई. MD , DM पोखरा GASTRO CARE  (पेट तथा कलेजो रोग उपचार केन्द्र), पृथ्वी चोकमा कार्यरत गेस्ट्रो र हेपाटोलोजी विशिष्ट विषेशज्ञ हुन्।

थप जानकारी र परामर्शको लागि  फोन: ०६१-५३५ ५६० 

facebook page : gastrocare

YOUTUBE : gastrocare

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।