ताजा समाचार

वैशाख १८ गते २०७६

सरकारी निकाय खेलकुदप्रति किन उदासिन ?

२०७५ चैतताका कार्यालयक परिसरमा बसेर ल्यापटपमा प्रस्तावित बजेट तय गर्दै थिएँ । । जिल्ला स्थित सरकारी कार्यालयका अधिक्रितहरु भेला भएर बिहान सात बजेबाट नौ बजे सम्म नियमित खेलिने ब्याडमिन्टनको व्यस्तताबाट समय निकालेर बजेटको अन्तिम म्याद २५ चैतलाई नघर्काउने उद्देश्य थियो ।

‘१० हजारको ब्याट हो मेरो ! ७५०० मा ठिकै को पाउने रहेछ तपाईं सिक्दै गरेको लाई काम चल्छ’ भनेर सिनियर सरहरुले मलाई भन्दै गर्दा बजेट उठाउने मेलो मेरो लागि संयोग नै थियो भनौं । कार्यालय सञ्चालन खर्च नहेरिकन आँखा सिधै खेलकुद शीर्षक खोज्नतर्फ भौतारिए । तर सफ्ट्वेयरमा त्यो अप्सन नै भेटिएन । यसले मेरो मनमा एउटै कुरा खेल्यो ःखेल कुद अझै पनि कसैको प्राथमिकतामा रहेनछ ।

एयरपोर्टको फराकिलो जग्गा देख्दा अरुले सोच्दा हुन् ः त्यहाँ नै गेम खेल्न मिल्छ । तर आफ्नो बाध्यता गेम त के त्यहाँ बसेर फोटो खिच्न पनि ड्युटी अफिसरसँग जहाजको पोजिसन २ पटक कन्फर्म गर्नु पर्छ । नेपाल सरकारको स्वामित्वमा रहेको संस्थानमा कार्यरत १ जना अधिकृतले सुनाएको यो हरफको लहरले व्याख्या गर्छ ः राज्यको खेल्कुद प्रतिको चासो ।

जिल्ला वा केन्द्र जहाँ बसे पनि तन्दुरुस्त रहन बिहान बेलुका जो कोहीले पनि शारीरिक ब्यायम गर्न खोज्छ । तर आवश्यक व्यवस्था अभावमा कयौ मन यत्तिकै मरिरहेका हुन्छन् ।
मलाई हरेक बजेट भाषणमा दुई तीन वटा कुराको अपेक्षा हुन्छ । कर्मचारी हुनुको नाताले स्वभावतः तलव वृद्धि पहिलो नम्बरमा पर्छ । दोस्रोमा राज्यको स्वथ्यप्रतिको दृष्टिकोण, स्वस्थ रहन खेलकुद वा साधनाप्रतिको योजना ।

राज्यले वा म जस्तै कार्यरत संस्थाले आफू मातहतका कर्मचारी वा सेवकलाई बिभिन्न वृति, विकासका अवसर दिएर आफ्नो वा जनसेवामा खटाएको हुन्छ । तलव वा अन्य तेस्तै कुनै आर्थिक इन्सेन्टिभस दिन सदा झै तयार हुँदै गर्दा पनि खेल्कुद प्राथमिकतामा नपर्नु एक सोचनीय सवाल हो ।
नीतिगत तह होस् वा सेवा प्रदायक, जहाँ सेवामा रहेको भए पनि राष्ट्र सेवकको मानसिक वा शारीरिक अवस्था सन्तुलित राख्न जरुरी हुन्छ । यद्यपि उच्च प्रशासकहरु यस बिषयमा मौन छन्, के यसरी लोक कल्याणकारी राज्यको अवधारणा साकार हुन सक्ला ?

बढ्दो जनअपेक्षा र राजनीतिक टकराबलाई सन्तुलनमा ल्याउने भनेको स्थायी सरकार नै हो । कर्मचारीतन्त्रले नै हो । कर्मचारी शारीरिक तथा मानसिक रुपले अलिकति पनि कमजोर हुनु भनेको राज्यले जनअपेक्षालाई कुठाराघात गर्नु हो । तर राज्यले यसैलाई कम्प्रोमाइज गर्नु भनेको हेर्दा सामान्य लागे पनि यो गम्भीर सवाल हो ।

फिट्नेस रहनु भनेको शक्ति, गतिशीलता, स्किलफुल रहनु हो । मनोरञ्जनसहितको शारीरिक कार्य गर्नु ,अप्ठारा वा विसम अवस्थालाई सहजीकरण गर्न पनि खेल आवश्यक हुन्छ । शान्त निन्द्रा, शरीर र दिमागको उचित समन्वय सही कार्य सञ्चालनका लागि आवश्यक हुन्छ नै, त्यसका लागि पनि खेलकुद अनिवार्य छ ।

खेलले जित्दा जित्दै हार्न र हार्दा हार्दै जित्न सिकाउछ । जिन्दगीका नियमित पानामा यी कुरा भोग्नु भनेको जीउन सिक्नु हो । असल बन्न सिक्नु नै हो ।

खास गरी खेलकुद किन आवश्यक छ त भन्ने कुरालाई बुझ्न निम्न बुँदा मनन गर्नु अनिवार्य छ ।
सामूहिक कार्य (टिमवर्क)लाई फलदायी बनाउन खेलकुदको भूमिका अहं रहन्छ । नेतृत्वदायी क्षमता विकासका लागि खेलकुद एक साध्य हो ।

फेयर खेल खेल्न सिक्नु भनेको असल व्यवहार गर्न सक्नु हो । भ्रस्ट्राचार न्यूनीकरण र सदाचारको विकास गर्नका लागि खेलकुद यस अर्थमा पनि एक अनिवार्य तत्वको रुपमा रहेको पाइन्छ ।
खेलले जित्दा जित्दै हार्न र हार्दा हार्दै जित्न सिकाउछ । जिन्दगीका नियमित पानामा यी कुरा भोग्नु भनेको जीउन सिक्नु हो । असल बन्न सिक्नु नै हो ।

कुनै पनि कुरामा ध्यान गर्न केन्द्रित सिकाउँछ भने त्यो व्यायम वा खेलकुद नै हो । शक्ति वा क्षमता विकासका लागि खेलकुद अपरिहार्य रहन्छ । योजना बनाउन होस् वा कार्यान्वयन गर्नका लागि खेलले निकै राम्रो सिकाउछ । लगनशीलताको अभ्यास, विश्लेशण गर्ने क्षमताको विकास, सकारात्मक धारणाको विकास गर्न, बिपक्षीको पनि सुनुवाइ, हार वा जितलाई व्यक्तिगत प्रतिष्ठाभन्दा माथि सोच्न सिकाउनु पनि खेलकुदका फाइदा हुन् ।

प्रस्तावित पन्ध्रौ योजनामा सबैका लागि खेलकुद अभियानलाई सार्थकता दिन आवश्यक छ भनिएको छ । कर्मचारी होस् वा जनता, व्यायम खेलकुदप्रति सकारात्मक भावना विकास भइहदा पनि व्यवस्थापनले यो क्षेत्रमा लगानी नबढाउनु निकै आश्चार्यजनक छ ।

खास गरी सबै क्षेत्रमा खेलकुदलाई मुल प्रवाहीकरण गर्ने उद्देश्य पन्ध्रौ योजनाले कल्पना गरेको परिस्थितिमा पनि यस क्षेत्रमा लगानी गर्ने क्षमता भएका संस्थान, प्राधिकरण लगायतका निकाय मौन रहनु बिडम्बनापूर्ण छ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।