पोखराको मौषम यतिबेला डरलाग्दो अवस्थामा छ । दिउँसो २ बजेदेखि पोखराको मौषममा एक्कासी परिवर्तन आएको हो ।

मौषम परिवर्तनसंगै पोखरामा भीषण असिना पानी परिरहेको छ भने पोखरा पूरै अन्धकारमय बनेको छ । असिनाका दाना पनि निकै ठूला छन् ।
हावाहरीसहित परेको भीषण असिना पानीले पोखरासहित आसपासको खाद्य तथा नगदेवालीमा ठूलो क्षति पुर्याएको छ ।
पोखरामा दिउँसो २ बजे अघि चर्को घाम लागेको थियो भने तापक्रम ३१ डिग्री पुगेको थियो । दिउँसो चर्को घामले तातेको पोखरामा यतिबेला निकै चिसो अनुभूति भएको छ ।

















