पोखरा विश्वविद्यालय(पियु)को केन्द्रीय कार्यालयमा प्रदर्शनमा उत्रिएका ११ विद्यार्थी पक्राउ परेका छन् । पियु जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पियु सम्बन्धन प्राप्त ४२ क्याम्पसका ‘डि प्लस’ श्रेणीका विद्यार्थीलाई परीक्षा सहभागी नगराउन माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् ।
डि प्लस श्रेणीका ३ सय ४४ विद्यार्थीको रजिस्ट्रेसन लिई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेश विरुद्धमा विद्यार्थी आन्दोलित भएका हुन् । सोमबारदेखि सुरु भउको सबै संकायको अन्तिम परीक्षामा सहभागी विद्यार्थीलाई अवरोध पुर्याएको आरोपमा प्रहरीले विद्यार्थीलाई पक्रेको हो ।
पक्राउ परेकामध्ये ८ जनालाई वडा प्रहरी कार्यालय रामबजरा र बाँकीलाई जिल्ला प्रहरी कार्यालमा राखिएको कास्की प्रहरील्ले जनाएको छ ।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी सम्बद्ध विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।






