गल्कोट नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गर्दै

गल्कोट नगरपालिका नगरप्रमुख भरत शर्मा गैरेले गल्कोट नगरपालिकामा नागरिक साहायता कक्ष स्थापना गरिने बताए ।

हटियाको आयोजनामा संचालन गरिएको २ दिने उपभोक्ता समितिको तालिममा उनले सो जानकारी दिएका हुन् ।

उनले उपभोक्ताहरूलाई नगरपालिकामा बिभिन्न किसिमका योजना तथा अन्य काममा सहजता ल्याउनका लागि नागरिक साहायता कक्ष स्थापना गर्न लागिएको बताए ।

कार्यत्रममा बोल्दै गल्कोट नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक रेनुका काउचा मगरले गुणस्तरिय रूपमा काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरिने खुलासा गरिन ।

सहभागीलाई योजना तर्जुमाको चरण, उपभोक्ता समितिको गठन प्रत्रिmया, काम, कर्तव्य, अधिकार, योजना सम्झौता देखि फरफारक सम्मको बिषयमा सहजिकरण गरिएको थियो ।