२०७२ साल वैशाख १२ मा सिंगो देश शोकमा डुब्यो । थुप्रैको ज्यान गयाे । थुप्रै घाइते भए । जीवनभरको कमाइले बनाएको घर भत्कियो । ओत लाग्ने पाली र आँटीका बाली सखाप भए । आफन्त गुमाएको शोक छाइरह्यो । गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पले धेरैका आशा, सपना र भरोसाको बाँध नै टुटाइदियो ।
वैशाख १२ पछिको पराकम्पले पनि हराइरह्यो, जसरी थुप्रै मान्छेहरूका शोकले मन हल्लिएको थियो । एक दिन फेरि उठ्नेछौं भन्ने विश्वास रहिरह्यो । देशमा रहेकालाई मात्रै परेको बिपत थिएन, यो । छातीभरि परिवार, आफन्त र देश बोकेर बिदेशिका माहुरीहरुको मन रोयो । कतिले आफन्त, परिवार गुमाए । तर, शोकमै डुबिरहेनन् । अनि सुरु भयो फेरि एक पटक देश उठाउने अभियान ।
एनआरएन युकेभित्रको मात्रै कुरा होइन, अरु देश, नेपाल र केन्द्रसँग युकेलाई कसरी जोड्ने भन्ने योजना हुनुपर्छ । छातिभरि देश बोकेर हिँडेकाहरुको सीप, क्षमता र दक्षतालाई कसरी विकास र समृद्धिमा लगाउने भन्ने स्पष्ट योजना अब जरुरी देखिन्छ ।
विभिन्न देशमा रहेका एनआरएनहरुले आर्थिक संकलन र देशमा पुनर्निर्माणमा जुटे । एनआरएनकै नेतृत्वमा थुप्रै आवास, विद्यालय बन्यो । अहिले गोरखाको लाप्राक एकआरएनकै नेतृत्वमा उठेको छ । पुराना मौलिक संस्कृतिका घर नरहे पनि नमूना लाप्राक बनेको छ । देशकै नमूना गाउँ लाप्राक बनाउन एनआरएनले नेतृत्व लियो र पूरा पनि गरेर देखायो । यस्ता सिर्जनशील र परिणाममूखी कार्यक्रमले नै हो, एनआरएनको विश्वास बढाउने । एनआरएनप्रति आम मान्छेको चासो र सकारात्मक सोचकको विकास गराउने ।
एनआरएनले चाह्यो भने धेरै सुन्दर काम गर्न सक्छ । देश उठाउन विकास गर्न एनआरएनको ठूलो भूमिका छ भन्ने कुरा स्थापित गर्न यस्ता कामले बल पु¥याएको छ । सम्भावना बोकेका गाउँको विकास गर्न, गाउँलाई गाउँजस्तै सुन्दर, गाउँलेहरु बसिराख्ने थलो बनाउन अब एनआरएनले भूमिका खेल्ने छ ।
नेतृत्व कसले लिने, अध्यक्ष को हुन्छ भन्ने कुराले भन्दा अबको एजेन्डा के हो, समस्या र आवश्यकता के हुन् ? कसले केरा उठाइरहेको छ भन्ने कुरा मुख्य हो ।
गाउँ केन्द्रित कार्यक्रम, प्रविधि र उत्पादनमा जोड दिएर बजारीकरणमा एनआरएनले नेतृत्व लियो भने असम्भवन भन्ने नहोला । नमूना बस्ती लाप्राकको चर्चा र हस्तान्तरण हुँदै गर्दा यता भने एनआरएनको निर्वाचनको गर्मी सुरु भइरहेको छ । एनआरएन युकेको अबको नेतृत्व कस्तो र कसले लिने भन्ने कुराको चर्चा सुरु भइसकेको छ । एनआरएनको चुनाव नजिकिँदै गर्दा अबको दिनमा एनआरएनले उठाउने एजेन्डा र आवश्यकता केके हुन् भन्ने कुराको बहस हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
एनआरएन युकेभित्रको मात्रै कुरा होइन, अरु देश, नेपाल र केन्द्रसँग युकेलाई कसरी जोड्ने भन्ने योजना हुनुपर्छ । छातिभरि देश बोकेर हिँडेकाहरुको सीप, क्षमता र दक्षतालाई कसरी विकास र समृद्धिमा लगाउने भन्ने स्पष्ट योजना अब जरुरी देखिन्छ । नागिरकताको विषय सधैं उठ्ने गर्छ, बहसको विषय पनि बन्छ तर टुंगो लगाउने गरी अभियान चल्न सकेको छैन । फेरि एक पटक नागरिकताको विषय गम्भीर बहस गरौं । नेतृत्व कसले लिने, अध्यक्ष को हुन्छ भन्ने कुराले भन्दा अबको एजेन्डा के हो, समस्या र आवश्यकता के हुन् ? कसले के कुरा उठाइरहेको छ भन्ने कुरा मुख्य हो । विभिन्न पद नेतृत्वका दाबेदारको बहस अब त्यतातिर लैजाने कि ?









