बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती भएपछि

बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् ।

बलिउड नायक रामपालले प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गरेका हुन् ।

आफ्नो २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका उनले इन्स्टाग्राममा प्रेमिकालाई माया दर्साउदौ आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य भएको भन्दै खुसि ब्यक्त गरेका छन् । साथै सन्तान उपहार दिएकोमा प्रेमिकालाई समेत धन्दबाद ज्ञपान गरेका छन् ।

अर्जुनले मात्र नभई प्रेमिका ग्याब्रिएलाले पनि आफू गर्भवती भएको सार्वजनिक गर्न त्यही फोटो पोष्ट गरेकी छिन् । यी दुइले सोसल मिडियामा फोटो सेयर गर्ने बित्तिकै प्रयोगकर्ताले बधाइका सन्देश बर्साएका छन् । विवाहको २० वर्षपछि अर्जुन रामपालले श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए ।