अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठ नयाँ बन्न लागेको नयाँ फिल्ममा एकैसाथ प्रेम जोडीका रुपमा अभिनय गर्ने भएका छन् ।
दीपक मनाङेको लगानी बन्न लागेको फिल्म ‘पोई पर्यो काले’ मा प्रेमजोडीको रुपमा सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ देखिने भएका हुन्। शिशिर राणाको निर्देशनमा बन्न लागेको उक्त फिल्मका लागी जेठबाट छायांकनका लागि फ्लोरमा निस्किने फिल्मका प्रस्तुतकर्ता श्यामबहादुर थापाले बताएका छन् ।
फिल्ममा सौगात र सृष्टिको एक अर्काको अपोजिट भूमिकामा रहने वा नरहनेबारे निर्देशक राणाले केही खुलाउन चाहेनन् । फिल्ममा रघु परियार र किरण नेपाली कार्यकारी निर्माता रहेका छन् ।
अभिनेता सौगात पछिल्लो समय धमाधम फिल्म साइन गरिरहेका छन् । शिशिर राणाको फिल्म पछि उनले शुक्रबार सुवर्ण थापाको निर्देशन रहने फिल्म ‘राम राम’ पनि खेल्ने भएका छन् । सौगात सो टिमसँग शुक्रबार जोडिएका हुन् ।




