प्रदिप क्षेत्रीद्धारा अभिनित ‘पराईको डोली’ गितको भिडियो सार्वजनिक ‘भिडियो सहित’

प्रदिप क्षेत्री ‘साथी’ ले अभिनय गरेको ‘पराईको डोली’ गितको भिडियो सार्वजनिक भएको छ । गायक नेत्र खड्का तथा लोक गायिका रमा श्रीषको स्वरमा सजिएको पञ्चेबाजा गीतको भिडियोमा प्रदिप क्षेत्री ‘साथी’ संगै विष्णु प्रसाद बराल तथा सारिका केसीको अभिनय रहेको छ ।

समाजमा ,धनसम्पत्तिको लोभमा मागी विवाह र सच्चा प्रेमको लोभमा भागी विवाह गर्ने गरिन्छ, युवायुवती विचको प्रेम सम्बन्धलाई दर्शाउन खोजिएको उक्त भिडियोमा अभिनय गरेका क्षेत्रीले बताएका छन् ।

अहिले सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा अफिसरका रुपमा कार्यरत क्षेत्रीको यो पहिलो अभिनित भिडियो हो । साँचो प्रेमलाई भन्दा धनलाई मान्छेले बढी महत्व दिने गरेको समाजको यथार्थतालाई बदल्नुपर्छ भन्ने हेतुले उनले यो गितको भिडियोमा अभिनय गरेको प्रतिक्रिया दिएका छन् ।

कमल अर्यालको शब्द तथा रचना र सुरेश श्रेष्ठको छाँयाकन रहेको गीतमा प्रकाश धमलाको सम्पादन रहेको छ । गुरु आमा फिल्मस् प्रा।लिले दृष्य निमार्ण गरेको गितको भिडियो म्युजिक नेपाल युटुवमा सार्वजनिक गरिएको छ ।