कानुन व्यवसायीहरुको छाता संगठन (नेपाल बार एसोसिएसन)को अध्यक्षमा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएको बिहीबार साँझ निर्वाचन कमिटीले जानकारी गराएको हो । श्रेष्ठले ४ हजार २२ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार ८ सय ७३ मत मात्र प्राप्त गरे ।
यस्तै महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
यता निर्वाचन कमिटीले मत परिणाम सार्वजनिक गरेलगत्तै सुनिल कुमार पोखरेललगायतले निर्वाचन परिणाम गन्दा धाँधली गरेको भन्दै उजुरी हालेका छन् । उनीहरुले पुनः मतगणनाा हुनुपर्ने माग गरेका हुन् ।
एसोसिएसनको गत १६ गते (शनिबार) निर्वाचन भएको थियो ।









