
पोखराबाट जोमसोम जाँदै गरेको बसमा भिरवाट खसेको ढुंगा खसेर लाग्दा २ यात्रु घाईते भएका छन् ।
शनिबार दिउँसो कुश्मा नगरपालिका-२, आरमादी स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग १ ख ५५९६ र ग १ ख ७७४४ नं.को गरी २ वटा बसमा भीरमाथिबाट खसेको ढुंगाले लागेको थियो । सडक चक्ल्याउने क्रममा उक्त ढुंगा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबाट ग १ ख ५५९६ नं.को बसमा सवार भारतको यम्दाबाज घर भई जोमसोम टुरको लागि जाँदै गरेका ८० वर्षीय मनोभाई पटेल, सोही बसका सहचालक पोखराका १९ वर्षीय सुनिल पौडेल घाइते भएका छन् ।
उनीहरु दुबैजनालाई उपचारका लागि अञ्चल अस्पताल बागलुङ पठाइएको जनाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।




