एसइईमा चिटिङ गर्दिन, मलाई सर्टिफिकेट होइन ज्ञान चाहिएको छ-शान्ता चौधरी

यतिखेर दाङ घोराही छिन् शान्ता चौधरी । एसइइको परीक्षा दिन दाङ पुगेकी हुन् । उनी दाङ आएको दुईसाता भयो ।‘एसइइको तयारीका लागि विदा फारम भरेर आएकी छु ।’ उनले भनिन् ।

चैत्र दशदेखि एसइइ परीक्षा सुरु हुँदैछ । त्यसैको तयारीका लागि उनी ट्युसन पढिरहेकी छिन् । म्याथ र साइन्समा कमजोर छु । तैपनि मेहनत गरिरहेको छु ।’ उनले भनिन् । घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाडागाउँ आफ्नै घरमा बसेर उनी ट्युुसन लिइरहेकी छिन् । उनलाई पढाइरहेका छन्—डोमाकान्त सरले ।

महेन्द्र बहुमुखी क्याम्पसमा सेन्ट्रर परेको छ । आफु पास हुनेमा उनी ढुक्क छिन् । उनी भन्छिन्, ‘मेहनत गरेको छु, पास हुन्छु होला ।’ विषयगत शिक्षकहरुसँग उनी ट्युसन लिइरहेकी छिन् । उनले पढेको देखेर उनकै उमेरका साथीहरु पनि एसइइ दिन कस्सिएका छन् ।

निर्मला बिक, पवित्रा रानामगर, सृजना मगर नाम गरेको साथीहरु उनैसँग ट्युसन पढिरहेका छन् । समूहमा एकअर्कालाई सोधेर पढ्दा धेरै सिक्ने अवसर पाइने उनको बुझाइ छ । उनी भन्छिन्, ‘नजानेको हामी एकअर्कालाई सोध्छौ ।’

उनले प्रवेश पत्र लिइसकिन् । अहिलेका विद्यार्थीहरु चिटिङ गर्न सिपालु हून्छन् । तर उनलाई चिटिङ गर्नु छैन । उनी भन्छिन्, ‘मलाई सर्टिफिकेट चाहिएको होइन ज्ञान चाहिएको हो ।’

केही विद्यार्थी सर्टिफिकेटका लागि पढिरहेका छन् । उनी भने ज्ञानको लागि पढिरहेकी छिन् । पढ्न नपाएको भोक मेटाइरहेकी छिन् । र, पढेर समाजका लागि केही गर्न खोजिरहेकी छिन् । पास मात्रै हुनु मेरो लक्ष्य होइन ।’ उनले आफ्ना किताबका पाना पल्टाउदै भनिन् । उनी ढुक्क छिन पास हुनेमा । कन्फिडेन्सका साथ भन्छिन्, ‘म पास हुन्छु ।’

उनी ३८ वर्ष भइन् । कक्षामा आठ पढ्दाताका उनलाई सकस भएको थियो । मान्छेले गिज्जाउथे । सुरुसुरुमा अलि अप्ठ्यारो भयो । छोराछोरीको उमेरसँग बसेर पढ्न गाह्रो भयो । मेरो कारणले धेरैले पढ्न पर्छ भन्नु भएको बल्ल बढ्न पाउनु भएको छ ।

‘मेरो उदाहारण दिएर पढ्न थालेका छन कतिले ।’ उनी भन्छिन् । उनलाई यही डिभिजनमा पास हुला भन्ने थाहा छैन । तर अनुमानले उनी भन्छिन्, ‘बि या बि प्लससम्म त ल्याउछु होला ।’            पढाइको भाषा र राजनीतिमा धेरै फरक देख्छिन उनी । उनी भन्छिन्, ‘राजनीतिका लागि भाषण गरेजस्तो सजिलो हुदोरहेनछ पढाइ ।’सिकाइमा गाह्रो देख्छिन् उनी । जटिल महशुस गर्छिन ।

उनलाई कतिले मर्ने बेलामा के पढेको भनेर हप्काए । गिज्जाए । आफ्नो नाम शान्ता लेख्न जान्थिनन कुनै बेला । अहिले उनी लेख्न सक्छिन । पढेका कुरा भन्न सक्छिन् । त्यो संघर्षको कथा उनलाई अजिब लाग्छ । उनी भन्छिन्, ‘हिजो गिज्जाउनेहरुले अहिले प्रशंसा गर्छन् ।’

विद्यार्थीले जस्तो तालिकाअनुसार पढ्न राजनीतिज्ञलाई सजिलो हुँदैन । तर पनि सकेसम्म पढ्ने वातावरण मिलाउने गर्छिन् उनी । पिएचडी समेत गर्ने सोच राखेकी चौधरी भन्छिन्, ‘समय व्यवस्थापन गर्ने आफूले हो । समयको व्यवस्थापन गर्न नसकेको समस्या मसँग छ,’
बचपन पढ्न पाइनन् ।

कमलरी बसेर हुर्किएकी शान्ताले दुःखको मेलो पनि हिडेकी छिन् । तर अशिक्षाको बाबजुद पनि उनले राजनीतिमा संघर्ष गरिन र सिंहदरबारसम्म पुगिन । ‘राजनीति गर्ने मान्छेलाई जनताको काम र पार्टीको काम गर्नुपर्ने हुन्छ । यसका बाबजुत पनि पढ्ने वातावरण मिलाउन कोसिस गर्छु ।’

दुःखका दिनहरु उनले धेरै भोगिन । आठ वर्षको कलिलो उमेरमा कमलरी बसिन । २५ वर्ष सम्म जमीन्दारको घरमा कम्हलरी बसेर विना पैसा काम गरिन् ।

त्यसपछि विद्रोह गरी सामाजिक कार्यमा सक्रिय भइन । कम्हलरीबाट उम्किएपछि उनले अरु १७ जना कम्हलरीलाई आफैले मुक्त गराई शिक्षाको समेत व्यवस्था आफ्नै तर्फबाट गरिन् ।

डाँडागाउँ चुप्लीबाटामा बिजुली बत्ती पु¥याइन । २ सन्तानकी आमा चौधरी भूमि आन्दोलनमा लाग्दा जमीन्दारले उनीहरूलाई दुःख दिएको र आफू बस्ने छाप्रोमा आगो लगाइदिएको स्मरण गर्छिन ।

एमाले संगठित सदस्य तथा जिल्ला सदस्य चौधरीले औपचारिक शिक्षा समेत लिएकी थिइनन् । उनको आत्मकथा ‘कम्लहरीदेखि सभासद्सम्म’ लेखिसकेकी शान्ता चौधरी अहिले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट संसद्को सचेतकको भूमिकामा छिन् ।