नेकपा अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री प्रचण्ड आज पत्नी सीताको उपचारका लागि छोरी ज्वाईं गंगा र जीवन आचार्य सहित अमेरिका जान लागेको कुरामा मेरो कुनै आरिस, गुनासो छैन ।
१, दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्। गत असोज १० मा प्रचण्डले सीतालाई सिंगापुर लगेका थिए। रोग निदानकै लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई तातोपानीमा नुहाउन पनि लगेका थिए। एक जना पतिले पत्नी धर्म निभाई रहेका प्रचण्ड प्रति कुनै गुनासो गर्नु पर्ने कारण छैन । प्रचण्डले आफ्नो ‘मेहनत र क्षमताले’ बनाएको हैसियत प्रति पनि मेरो कुनै आरिस छैन । उनि उपचार गर्न संसार को कुनै पनि देस जान सक्छन, आफ्ना छोरि लाइ मेयर बनाउन सक्छन, बहुबिबाह गर्ने छोरा लाइ कानुन बाट जोगाउन सक्छन, अर्बौको सेना तलब वितरण घोटाला छानबिन बाट रोक्न सक्छन, झुप्रो बाट महल सम्म को कठिन यात्रा तय गरेका छन् ।
यी सबै उपलब्धि प्रति मेरो अलिकति पनि आरिस छैन । कुनै बेला प्रचण्ड ले साचै देस र जनता को हितमा धेरै कुरा गर्छन भन्ने ठुलो आस गर्ने व्यक्तिको नाताले अलिकति गुनासो चाइ छ । के आज जसका लागि १० बर्षे द्वन्दमा देसलाइ फ़साइयो, उनिहरुको जीवन स्तर प्रचण्डको १% जत्ति पनि छ ? के औसत नेपालिले अमेरिका त परको कुरा नेपाल भित्रै उपचार गर्न पाएका छन् ? प्रचण्डलाइ जस्तै, गास, बास, कपास, सिक्षा, स्वस्थ, रोजगारी को कुनै चिन्ता नहुने स्थितिमा सर्बसाधारण छन् ? अलिकति महँगो रोग लागे मृत्यु कुरेर बस्नु पर्ने वा उपचारार्थ सहयोग को लागि हारगुहार गर्नु पर्ने बाध्यता बाट जनताले उन्मुक्ति पाएका छन् ? यी प्रश्न को जवाफ प्रचण्डले दिनु पर्दैन ?
२, भेनेजुएला काण्डमा प्रचण्ड अमेरिकी साम्राज्यबादी बिरुद्द उभिएका थिए । उनका कार्यकर्ता त अमेरिका बिरुद्द सुरुङ्ग युद्द गर्नका लागि प्रचण्ड को आदेस कुरेर बसेका थिए । अमेरिका को डिजाइन अनुसार नै उनले उक्त कुरा बोलेका हुन् भन्ने मान्न प्रचण्ड का कार्यकर्ता कोहि तयार भएनन् तर आज घटनाक्रमले त्यहि पुस्टि गरि रहेको छ । के आज त्यो साम्रजय्बादी देस रातारात हितैसी भयो अनि अमेरिका नै जानु पर्ने भयो उपचारका लागि ? सामाजिक संजालमा उफ्रने कार्यकर्ताहरु ‘ प्रचण्ड संग अमेरिका डरायो र राजकीय सम्मानका साथ् अमेरिका बोलायो’ भनिरहेका त छैनन् ? उपचार गर्न पनि बिस्तारबादी र साम्राज्यबादी कै देशमा नगई नहुने रहेछ ?
२,२ पटक प्रधानमन्त्री भएको मानिस र आफ्नै सरकार भएको बेला कम्तिमा एउटा गतिलो अस्पताल समेत बनाउन नसकिने रहेछ ? आज सिता दाहालको साटो सर्बहारा कुनै नागरिक लाइ उनको जस्तै रोग लाग्यो भने, सरकारले कहिले सिंगापुर, कहिले अमेरिका लगेर उपचार गराउछ ? गराउदैन भने, राजतन्त्र र ‘कथित गणतन्त्रमा’ के फरक ? एउटा ज्ञानेन्द्र फालेर, हजारौ छोटे राजा – रानी पाल्न का लागि जनताले ‘बलिदानी’ दिएका हुन् ?
३, प्रचण्ड भनेका हिन्दु धर्म का त्रिदेव ब्रह्मा, बिष्णु, महेस भन्दा पनि महान छन् । उनले गर्दा नै आज मुलुक गणतन्त्र, धर्म निरपेक्षता, संघियतामा गएको छ भन्ने हरु प्रति पनि मेरो कुनै गुनासो छैन । हुन त, दासता स्वीकार गरेका हरु संग यी प्रश्न मनन गर्न सक्ने बिबेक समेत हुदैन ।तथापि, “२०५२ सालमा साधारण जनता को अवस्था र अहिले २०७५ मा तात्विक फरक छ ? अनि २०५२ सालका प्रचण्ड र अहिले २०७५ सालका प्रचण्डमा कति फरक छ ?
५० औ लाख नागरिक मासिक १०-१५ हजार का लागि किन रगत पसिना बगाउन बाध्य छन् ? किन प्रमाणित भ्रस्टचारी र अपराधि हरु लाइ कानुन बमोजिम दण्डित गरेर श्रोत नखुलेको सम्पति रस्त्रियाकरण गरिदैन ? किन अकुत पैसा कुम्ल्याएका राजनीतिज्ञ र कर्मचारी हरु माथि अनुसन्धान गरिदैन ? ” भन्ने प्रश्नहरुको जवाफ तपाइँ हरु संग छ ? यी प्रश्न तपाइँ हरु का ‘देउता’ लाइ सोध्ने साहस छ ?
४, प्रचण्ड पत्नी सिता दाहाल र उपचार खर्चको अभावमा मृत्यु कुरेर बसेका लाखौ सिता हरु लाइ समेत सिघ्र स्वास्थ लाभको कामना गर्छु । बिगतमा कांग्रेसले लुटे, अब पालो हाम्रो भन्ने मानसिकता बाट सत्तरुड दल माथि उठून भन्ने बिन्ति पनि गर्छु । स्वास्थ सेवा को ग्यारेन्टी गर्ने धेरै मोडल छन्, सरकार इमान्दार हुने बित्तिकै नेपाल मा कुनै उपयुक्त मोडल अनुसरण गर्न सहजै सकिन्छ ।
गास, बास, कपास, सिक्षा त जनताले जेन तेन धान्न सक्छन, धान्दै आएका छन् तर अलिक महँगो रोग लाग्यो भने ९५% नागरिक मृत्यु कुरेर बस्न बाध्य हुन्छन । तसर्थ, प्रचण्ड ओली लाइ कम्तिमा मुलुकमा सबै नागरिकको स्वस्थ सेवा को ग्यारेन्टी गर्ने सदबुद्धि दिन भगवान लाइ अनुरोध पनि गर्छु ।





