एक जना अमेरिकी सिनेटरले आपूm अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप दाबी गरेकी छन् । आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गरेकी हुन् ।
सेनाबाट हुने यौनजन्य हिंसाको सुनवाईका लागि बनेको उपसमितिमा उनले सो कुरा बताएकी हुन् ।
सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरुपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले दाबी गरिन् ।
एरिजोना राज्यबाट सिनेटर पदमा पुगेकी ५२ वर्षीया म्याकसेली सन् १९८८ बाट २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत थिइन् । उनी कर्नल पदबाट अवकाश भएकी हुन् । ‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिएँ जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले भनिन् ।
म्याकसेलीको अभियोगबाट आफूहरु स्तब्ध र दुःखी भएको अमेरिकी वायुसेनाले निकालेको एक विज्ञप्तिमा जनाइएको छ । म्याकसेलीलाई नौसेनाको एक टुकडीलाई कमाण्ड गर्दै युद्धक विमान चालकका रुपमा पहिलो अमेरिकी महिलाको रुपमा पनि हेरिन्छ ।






