निशानको नयाँ किक्स आज पोखरामा सार्वजनिक गरिने

लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स बजारमा आयको छ । किक्स आज पोखरामा सार्वजनिक गरिने छ ।

सुरक्षाको हिसावले राम्रा मानिएको किक्स गाडी नेपाली बजारमा ईन्टी लेभलको ४७ लाख ९९ हजारमा र टप लेभलको ५९ हजार ९९हजारमा पाईनेछ ।
किक्स एसयुभी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तिन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेका छन् ।

यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् । यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन छ । पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।