चितवन पोखरा सम्पर्क समाजको साधारण सभा सम्पन्न

चितवनबाट विभिन्न पेशा,व्यवसाय र बसाई सराइका क्रममा पोखरा आई बस्नु हुने दाजुभाई तथा दिदिबहिनीहरुको सहभागीतामा चितवन पोखरा सम्पर्क समाजको १६ औं साधारण सभा एवं रमाईलो बनभोज कार्यक्रम फाल्गुण ४ गते शनिवार पोखरा २४ पामेमा सम्पन्न भयो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी अन्तर समाज महासंघ राष्ट्रिय समिति पोखरा नेपालका अध्यक्ष मञ्जु पौडेल भट्टराईले सम्पर्क समाजको महत्ववारे प्रकाश पार्दै समाजले सामाजिक उत्तरदायित्वका काम गर्ने तर्फ अगाडि बढ्नु पर्ने बताईन् ।

संस्थाका उपाध्यक्ष दिलिप पनेरुले कार्यक्रमको बारेमा प्रकाश पार्दै उपस्थित सम्पूर्णलाई स्वागत गर्नु भएको थियो भने उक्त कार्यक्रममा विशेष अतिथी संस्थापक अध्यक्ष निर्मल सापकोटा, पोखरा विश्वविद्यालयका डा.अनन्त ढुंगाना, पूर्व कार्य समिति सदस्य तथा सुगम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण ढकालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । यसै गरि सहभागी महिला तर्फबाट कल्पना बाँस्तोला र बन विज्ञान अध्ययन संस्थान, पोखराका विद्यार्थी सन्तोष पौडेलले समेत कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरि कार्य समितिका पदाधिकारी द्धय सह सचिव मन बहादुर खड्का राष्ट्रिय सभा अध्यक्ष माननीय गणेश तिमिल्सीनाको स्वकिय सचिवमा नियुक्ति भएको साथै कोषाध्यक्ष कल्पना कोइराला व्युटिपार्लर एसोशिएसन, कास्कीको अध्यक्ष पदमा निर्वाचित भएकोले वहाँहरुलाई सम्मान गरियो ।
त्यस अवसरमा बनभोज सहित विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकोले सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रस्तुति देखाई जोडी नृत्यमा शिब प्रसाद बराल र दुर्गा बराल, पुरुष एकल तर्फ निरक तामाङ्ग , महिला एकल तर्फ ममता के.सी र.बच्चा एकल तर्फ अदिती पौडेललाई पुरस्कार प्रदान गरियो । यसैगरि जीएमसी फार्मेसीका प्रोपाईटर केशरी प्रसाद तिवारी, चितवन ज्वेलर्स सुन चाँदी दुकानका प्रोपाइटर सुरेश ल्वागुन, त्रिसुल सप्लायर्सका प्रोपाइटर शरद सापकोटा, नारायणी ड्राईभिङ्गका प्रोपाइटर पुरुषोत्तम रेग्मी र एल पि.प्लाष्टिक सप्लायर्सका प्रोपाइटर पिताम्बर लामिछानेले हाम्रो कार्यक्रमलाई विज्ञापन दिई सहयोग गर्नु भएकाले विज्ञापन दातालाई समेत धेरै धेरै धन्यवाद ज्ञापन गरीयो ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले एक वर्ष कार्यकालको समिक्षा र बाँकी एक वर्षको भावी कार्य योजना प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रस्तुत सचिबको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भयो । उक्त कार्यक्रम समाजका सचिब तारा सापकोटा र सदस्य रामचन्द्र पहारीले सञ्चालन गरेका थिए भने सदस्यद्धय रामचन्द्र उप्रेती र पिताम्बर लामिछानेले कार्यक्रम संयोजनको भूमिका निर्वाह गरेका थिए ।