नेपाली लोकगीत संगितको क्षेत्रमा चर्चित भन्दा चर्चित गीत गाएका पशुपति शर्माको लोकप्रियता बालबिालकादेखि बृद्ध बृद्धासम्ममा पनि देखिएको । माया पिरतीका मात्र नभई “मलाई अमेरिका यै मलाई जापान पनि यै” जस्ता सकरात्मक गीतसमेत गाएका पशुपति यतिबेला झनै चर्चामा आएका छन् ।
उनी चर्चामा आउनुको कारण अरु होईन भर्खरै मात्र उनले रिलिज गरेको गीत “लुट्न सके लुट नेपालमै हो छुट” हो । आवाजसंगै गीतमा पशुपतिको नै संगित र शब्द रहेको छ । गीतमा शब्दहरु यति कडा प्रयोग गरेका छन् की सुन्दा लाग्छ यो गीत प्रतिवन्धमा पर्न सक्छ । उनले गीतमा गर्नुसम्म कडा व्यङ्ग्य गरेका छन् ।
राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विमान खरिदमा भएका घोटालासम्मका घटनाहरु समाबेश गरेका छन् । उनले देशमा देखिएका पछिल्ला विकृतीहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनले गीतमा भनेका छन् “गणतन्त्र ल्याएम भन्छन् फालेम भन्छन राजा त्यै फालेका राजा जस्ता कयौ निस्के आज । जनताको मुटुभित्र काडा कति कति डेड अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति । लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाईदैन नेपालमै हो छुट । यी शब्दहरुले राष्ट्रपति बिधादेवी भण्डारी र नेकपा सरकारलाई नै हल्लाएको छ ।
उनी गाउँछन् “पञ्चायत सुनेँ, बहुदल र गणतन्त्र भोगेँ, तर देश र जनताको निःस्वार्थ रुपले माया गर्ने न त नेता भेटे नत अरु कोहीत्यसैले भन्न मन लाग्यो लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइदैन नेपालमै हो छुट ।” पशुपतिले आफनो गीतमा विमान खरिदमा भएको भ्रष्टचार, ३३ किलो सुन , डाक्टरहरुको लापरवाही लगायतका बिकृतीहरुलाई छर्लङ पारेका छन् ।
यतिबेला उनको गीत सामाजिक सञ्जालमा समेत निकै भाईरल भईरहेको छ भने युट्युवमा ३ लाख भन्दा बढिले हेरिसकेका छन् । भिडियो युट्युवको ट्रेण्डिङको ११ औँ नम्बरमा छ भने यसको लोकप्रियता र भ्युअर्स दुबै बढ्दो छ । नेकपाको सरकार नै हल्लाउने उनको यस गीतलाई सरकारले प्रतिबन्ध गर्छ की गर्देन त्यो हेर्न बाँकी नै छ ।






