विश्वमै सुन्दर महिला भएको देशको सूचिमा नेपाल ११ औँ स्थानमा

विश्व सुन्दरी होस वा ब्रह्माण्ड सुन्दरी अहिलेसम्म नेपालले यो उपाधी कब्जा गर्न सकेको छैन । तथापी यस पटक भने विश्व सुन्दरी र ब्रह्श्माण्ड सुन्दरी दुबैमा मिस नेपालहरु श्रृङखला खतिवडा र मनिता देवकोटाले राम्रो चर्चा कमाए । अझ भनौ विश्व सुन्दरी प्रतियोगितामा श्रृङखलाले पाएको जस्तो लोकप्रियता कमैले पाए । उनलाई यस पटक विश्वभरका सुन्दरी प्रेडिक्टरहरुको नजरमाहरुको नजरमा परेपछि थप उनको चर्चा चुलिएको थियो । श्रृङखला र मनिताको कारण नेपाली युवतीहरु पनि सुन्दरीसाथै बौद्धिक पनि हुन्छन् भनेर देखाए ।

यसैबीच नेपालले विश्वकै सुन्दरी महिलाहरुको सूचिमा ११ औँ स्थान पाउँन सफल भएको छ । Missosology.com ले हालै सार्वजनिक गरेको रिपोर्टमा नेपालले पहिलो पटक स्थान पाएको हो ।  Missosology.com ले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्दे कुन देशका सुन्दरीहरुले कस्तो प्रभाव पा¥यो भन्ने बारेमा अनुसन्धान ग¥यो र सोही आधारमा पोइन्ट पनि दिए ।

१- भेनेजुएला

जसमा सबैभन्दा धेरै प्वोईन्ट भेनेजुएलाले पाएको छ । उसले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि पा¥यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् । भेनेजुएलाले ६४७ प्वोईन्ट पाएको थियो भने फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि पायो ।

१- भेनेजुएला
२-फिलिपिन्स
३-मेक्सिको
४-साउथ अफ्रिका५- भियतनाम

५- भियतनाम६- थाइल्याण्ड
७-प्युर्टो रिको
८-इन्डोनेशिया
९- कोलोम्बिया
१०-अमेरिका
११- नेपाल
१२-रोमानिया
१३-जापान
१४-पोल्याण्ड
१५ -ब्राजिल
१६-अष्ट्रेलिया
१७-जमाइका
१८-बेलारुस
१९-अष्ट्रिया
२०-नेदरल्याण्ड

२-फिलिपिन्स

नेपाललाई उसले २९० प्वोईन्ट दिएको छ । सोही कारण नेपाल ११ औँ नम्बरमा आएको हो । सूचिको २० औँ स्थान नेदरल्याण्डले कब्जा गरेको छ । नेपाललाई मिस अर्थमा ५० प्वोईन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा १२० र मिस युनिभर्समा १०० प्वोईन्ट दिईएको छ ।