कलेजोमा बोसो (FATTY LIVER) : हेलचेक्राई नगरौं 

हिजो आज धेरै बिरामीहरु USG (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखियोभनेर hospital clinic मा आउने गरेको देखिन्छ |

के हो त fatty liver ?

हामी सबैको सामान्य बुझाइको लागी fatty liver भनेको कलेजो मा बोसो जमेको अवस्था भन्न सकिन्छ |

के यो सामान्य हो या कुनै नराम्रो रोगको लक्षण हो ?

धेरै जस्तो अवस्थामा fatty liver सामान्य जस्तो लाग्न सक्ला , तर यस्लाई नजरन्दाज वा हेलचेक्राई गर्नु भने हुँदैन | चिकित्सक , पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ | कतिपय अवास्थामा, यो भविष्यमा हुन सक्ने कलेजोको नराम्रो रोगको पहिलो लक्षण पनि  हुन सक्दछ |

के कारणले हुन्छ त fatty liver ?

  • Alcoholic liver Disease (रक्सीको सेवन )
  • मोटोपना
  • अस्वस्थ खानपीन / Sedentary life style ( विलाशी जीवन )
  • lack of physical exercise ( शारीरिक व्यायाममा कमी )
  • Diabetes ( माधुमेह)
  • High cholesterol ( रगतमा नराम्रो बोसो को मात्र धेरै हुँदा )
  • Hepatitis C
  • कलेजो बिग्रिनु अगाडिको एकदमै पहिलो लक्षण
  • Drugs / medications ( कतिपय अवास्थामा लामो समयसम्म दिर्घकालिन रोगका लागि प्रयोग भैरहेका औषधिले पनि गर्न सकछ )

Fatty liver भयपछी के के हुन्छ त ? (PROGRESSION OF FATTY LIVER)

  • Fatty liver भनेको कलेजो को रोगको पहिलो लक्षण मान्न सकिन्छ | यो अवस्थामा मान्छे बाहिर बाट हेर्दा एकदमै normal हुन सक्छ | उसका blood (LFT/ कलेजोको रगत का ) रिपोर्ट normal नि हुन सक्छन |
  • Steatohepatitis – second stage मान्न सकिन्छ

यस्मा (video XRAY) गर्दा fatty liver (कलेजोमा बोसो) देखिनुको साथै कलेजो सुन्निन्छ , फुल्छ |

लक्षणहरू

कसै कसैलाई खाना मन नलाग्ने, बान्ता हुने, होला जस्तो हुने,मुख मिठो नहुने , आलस्य, कमजोरी, पहेलो पिसाब , आँखाबाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने( jaundice) पनि देखिन सक्छ  |करंग मुनिको  दाहिने भाग कोखा दुख्ने पनि हुन सक्छ |

Blood Tests

  • LFT – रगत बाट कलेजो जाँच्दा high billirubin , high ALT/AST
  • URINE RE , ME – पिसाब मा खराबी
  • रगतमा बोसोको मात्र उच्च हुन सक्छ ( High TG, high Cholesterol, high LDL)
  • blood sugar, uric acid  –उच्च हुन सक्छ
  • भिडिओ XRAY
  • LIVER SCAN

यसको समयमै रोगको कारण , निदान र उपचार नगरे कतिपय अवास्थामा रोग बढेर कल्जो बिग्रने अवस्था पनि आउन सकछ | कलेजो बिग्रेर कलेजो failure भएमा तेस्लाई cirrhosis ( liver सिरोसिस) of liver भनिन्छ | तर सफल उपचार गरे बिरामी पहिलेको जस्तै  सामान्य अझै पनि हुन सक्छ |

  • cirrhosis of liver ( liver सिरोसिस) – सामान्य भाषामा यस्लाई liver failure भनेर बुझ्न सकिन्छ |

cirrhosis of liver ( liver सिरोसिस) का मुख्य कारण हरू के के हुन त ?

  • Alcoholic liverdisesase ( कम्तिमा १० वर्ष देखि रक्सीको नियमित सेवन )
  • ChronicHepatitis ( हेपाटाइटिस ) B , C ; – कारण रगत बाट, असुरक्षित यौन सम्पर्क बाट, IV drug abusers, आमा बाट सन्तान मा
  • Fatty liver हुँदै steatohepatitis हुँदै रोगको उपचार नगर्दा र रोग बढ्दै जाँदा

cirrhosis of liver ( liver सिरोसिस) क लक्षणहरु

१.jaundice रहिरहने (आँखा बाट पहेलो पना सुरू भएर शरीर को अन्य भागमा देखा पर्ने र बढ्ने पहेलोपना ) र  पहेलो पिसाब

२. खाना मन नलाग्ने, बान्ता हुने, आलस्य , कमजोरी

३. खुट्टा सुनिन्ने , फुल्ने

४. पेट फुल्ने ,ठुलो पेट हुने

५. छाला मासु गलेर आउने, पातलो दुब्लो हुने

६. केटा मान्छे को स्तन बढेर आउने

complications of cirrhosis of liver (सिरोसिस भयो भने के के समस्या आउन सक्छन त ?

  • पेट मा पानी जम्नाले पेट फुलेर औंचा, सास फेर्न गारो हुने
  • खूता फुलेर,सुनिएर काम गर्न , हिंड्न गारो हुने
  • मुख बाट बांतामा रगत आउने, दिसामा रगत आउने, दिसा कालो हुने
  • बोलि लटपतिने,बेला बेला मा होश गुमाउने, दिन मा सुत्ने, रातमा बर्बराउने
  • पिसाबमा कमी हुने

माथि उल्लेखित कुनै पनि समस्या देखा परेमा तुरुन्तै अस्पताल जानु पर्छ | कतिपय अवस्था मा ICU मा भर्ना गरेर मात्र उपचार सम्भव हुन सक्दछ |

उपचार के त fatty liver को ?

  • चिकित्सक , पेट तथा कलेजो रोग विशेषज्ञ संग परामर्श र सरसल्लाह गर्दा राम्रो हुन्छ |
  • धेरै जसो अवास्थामा, यो समस्याको लागि छुट्टै औषधि प्रयोग गर्नु पर्दिन |
  • यो अवस्था को कारण ज हो , तेस्को उपचार गरे हुन्छा|
  • वजन घटाउने , हिंडडुल गर्ने, नियमित exercise ( ब्यायाम ) गर्ने ,खानपीन को ख्याल राख्ने

तर steatohepatitis को अवस्था मा पुगिसकेपछि उचित परामर्श र औषधि प्रयोग गर्नु पर्छ | समयमै उपचार गरे कलेजो बिग्रन पाउन्दैन| आफ्नो पुरानो स्वरूपमा कलेजो राम्रो हुँदै जान्छ |

सिरोसिस (cirrhosis ) भैसकेपछि त पेट तथा कलेजो रोग बिसेस्गाया संग नियमित देखाई रहनु पर्दछ  | यसको अझै जटिलता नहोस व्हानेरा उपचार गर्ने र जे जसो जटिलता देखिन्छ तेस्को समयमै उपचार गर्ने| कतिपय अवस्थामा कलेजो फेर्ने अथवा प्रत्यारोपण गर्नु बाहेक अन्य विकल्प न रहन पनि सक्दछ |

भ्रमहरू मा नाल्झिनुस     

१.Liver tonics ले fatty liver  (जन्डीस) को सफल उपचार

२.Liver tonics खाए पछि रक्सी खान हुन्छ |

३.Liver tonics खाए पछि कलेजो बिग्रन्न

के बार्ने के नाबारने ; यो बुझ्न आवस्यक छ |

बार्ने तत्वहरु :

  • jaundice (जन्डीस) को कारण : जस्तै हाम्रो समाज मा मुख्य alcohol (रक्सी )
  • कलेजो खानामा  बिशेष गरि fat (चिल्लो) र protein pachauna प्रयोग हुने  हुँदा ; कलेजोलाइ आराम दिनको लागि  माछा मासु चीलो नखाने |

भ्रमहरू: १.बेसार खाएर कलेजोको रोग , jaundice (पहेलो रोग ) बढ्छ , नुन खानु हुन्न

 २.जे पनि उमालेको खाने

   ३.तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्न|

बास्तविकता खानपान को कुरामा :

१.पानी बढी पिउने

२.मुख नमिठो हुने हुँदा : मिठो पानी ( Glucose पानी), फलफूल को juice खाने भनिएको हो | फलफुल बाट पानी को बिकल्प को साथमा स्वादिलो र तागत पनि आउंछ | liver( कलेजो ) लाई असर पनि गर्दैअन | सकी नसकी मेवा , उखु खोज्दै हिंड्नु पर्दैन | उखु पेल्ने हात पानी फोहोर छ भने फाइदा होइन उल्टो बेफाइदा बढी हुन्छ | ख्याल राख्नु : पानी उमालेओ या सफा (filter) फिल्टर गरेको हुनु पर्छ |

३.निएमित बिहान बेलुका खाने दाल भात खान मिल्छ | तरकारी बनाउन को लागि प्रयूग हुने, प्याज भुट्न प्रयोग हुने तेल पनि प्रयूग गर्नु हुन्छ| तेलमा fry गरेको , तेलमा तारेको , junk food , momo , chowmein नखाने |

४.coke, Fanta, प्याकेट को पाइने ready to eat food , पेयपदार्थ नखाने|

अन्त्यमा , बुझौं Fatty liver भनेको कलेजो को रोगको पहिलो लक्षण हो  | आत्ति हाल्नु पर्दैन , तर हेलचेक्राई पनि गर्नु हुँदैन |यो अवस्था मा यसको कारण जे हो, त्यस्को रोकथाम गरे यो राम्रो हुन्छ |

कलेजो उपचारका लागि लिबर स्क्यान

कलेजो एकदमै बलियो अंग हो । ७० देखि ८० प्रतिशत बिग्रिदा पनि रगतमा यसको खराबी देखिन्न । रोग लागेको लक्षण नदेखिन पनि सक्छ । रगत जाँचेर खराबी नदेखेपछि रक्सी केही भएको छैन भनेर खाइरहनेहरु छन् । यस्तो मेसिन आवश्यक थियो, जसले कलेजो बिग्रिदै गरेको, कति बिग्रिएको छ, लक्षण वा रगतमा रिपोर्ट नआउँदै थाहा दिओस् । यसका लागि  नयाँ मेसिन ल्याएका छौं । यो राजधानी बाहिर अन्यत्र छैन । यसलाई लिबर स्क्यान, फाइबर स्क्यान वा फाइबर टच भनिन्छ ।

हालै पोखरा भित्रिएको फाइबर स्क्यान ।

यसले कलेजो कति बिग्रिएको छ भनेर पत्ता लगाउन सक्छ भने उपचारबाट कति सुधार हुँदै छ भन्ने पनि थाहा हुन्छ । हामी कलेजोमा बोसो जमेको छ भन्छौं । तर कति छ त बोसो ? यसले बोसोको मात्रा सामान्य छ कि, निकै बढी छ भन्ने ठ्याक्कै देखाउँछ । ।कलेजो मा बोसो को मात्र कति छ ? र कलेजो कति बिग्रेको छ ? देखाऊंछ।  उपचार पछि कलेजो कति राम्रो भएको छ , छैन त्यो पनि देखाऊंछ।  सामान्य कलेजो स्पोन्जी, नरम हुन्छ । बिग्रिदै गएमा कडा हुन्छ । यसको जाँच गर्न निकै सजिलो छ । यो एक्सरे जस्तै हो । ५ मिनेटमै उपचार आउँछ । खाली पेट आउनुपर्दैन । लिबर बायोप्सी गर्नुपर्ने जोखिम अब पर्दैन ।

औषधी, उपचार गर्दा औषधीले कति काम गरेको छ भनी यसबाट हेर्न मिल्छ । यो मेसिन फ्रान्समा पहिलो पटक बनेको थियो । यो निकै महंगो मेसिन हो । यो काठमाडौंको वीर अस्पताल र एउटा निजी क्लिनिकमा छ ।

जसले नियमित रक्सी खानुहुन्छ, कलेजोको रिपोर्टमा खराबी आएको छ, FATTY LIVER (कलेजोमा बोसो) ,   कलेजो नयाँ पलाएको छ कि छैन, हेपाटाइटिस बि र सी लागेकाले यो परीक्षण गराउनुपर्छ । सुगर भएका, मधुमेह भएका, निकै मोटोपन भएकाहरुले पनि यसको परीक्षणबाट फाइदा लिन सक्नुहुन्छ । ४० वर्ष नाघेकाहरुले, नियमित स्वास्थ्य जाँचझैं यो जाँच गरे कलेजो रोग लाग्नबाट बाच्न र लागेको भए समयमै उपचार गरी स्वस्थ बन्न सकिन्छ ।

सह-प्राध्यपाक डा. भट्टराई . MD , DM  पोखरा GASTRO CARE (पेट तथा कलेजो रोग उपचार केन्द्र), पृथ्वी चोकमा कार्यरत गेस्ट्रो र हेपाटोलोजी विशिष्ट विषेशज्ञ हुन्।थप जानकारी र परामर्शको लागि  फोन: ०६१-५३५ ५६०

facebook page : gastrocare, YOUTUBE : gastrocare

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।