पोखराका ट्याक्सी चालक लाई अभिमुखिकरण तालीम

नेपाल पर्यटन वोर्ड पोखरा र वडा प्रहरी कार्यालय वैदाम, कास्कीको संयोजन र जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीको सहकार्यमा पोखरा क्षेत्रका पर्यटकीय स्थलहरुमा संचालन हुने ट्याक्सी चालकहरुलाई १ दिने “पर्यटन आतिथ्यता तथा पर्यटक सुरक्षा सम्बन्धी” अनुशिक्षण/अभिमुखिकरण तालीम सम्पन्न भयो ।

उक्त तालीमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि गण्डकी प्रदेशका माननीय उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नु हुदै पर्यटन विकासमा सवैको उत्तिकै भुमिका रहने हुँदा ट्याक्सी चालकहरुले समेत सरकारको महत्वकांक्षी पर्यटन सम्बन्धी लक्ष हासिल गर्नमा सहयोग पुर्याधउनु पर्नेमा जोड दिनु भयो ।

नेपाल पर्यटन वोर्ड, पोखराका सुर्य थपलियाले “पर्यटन आतिथ्यता” सम्वन्धी प्रस्तुतीकरण गर्नु भएको थियो भने वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले “पर्यटन र सुरक्षा” सम्बन्धी विषयमा प्रस्तुतीकरण दिनु भएको थियो । त्यसैगरी “सुरक्षित यात्रा” सम्बन्धी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक शिव पाठकले प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको थियो ।

प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार उक्त कार्यक्रम सामुदाय प्रहरी साझेदारी कार्यक्रमको एउटा हिस्सा भएको र पर्यटन क्षेत्रलाई कसरी सुरक्षित बनाउने र ट्याक्सी चालकको कस्तो भुमिका रहन्छ? कसरी आतिथ्यता गर्ने ? भन्ने उद्देश्यका साथ कार्यक्रम सन्चालन गरिएको बताए ।