लाल बाबु र सिंह दरबारको मुहार

मुहार फेर्ने मन्त्रि अनि तिम्रो मन्त्रि मण्डल
भएकालाई छैन भन्छौ साधु हौ कि चण्डाल?
जाबो त्यति तेलमापनि तिम्रो गिद्दे मति !
ठूला शिर्षक भेटेकोमा खायौ होला कति ?
नारायणीमा ठेल्छु भन्थेउ डिभी पिआर वाला
मकै देखाई काजु खाने कस्तो तिम्रो चाला!
संविधानमै नभयको दियौ संज्ञा भूपू
सोझा शिधा झुक्कायर लुट्दा रछौ आफू!
दुई चार जना फटाहासंग होला सायद रिसाई
समुदायलाई गाली गरेउ यस्ता शब्द मिसाई
धान चोर्ने मुसा संगै निर्दोष भ्यागुता मिसाई
तिनलाई समेत दियौ कठै अनाहकको पिटाई
तिम्लाई पनि ठेल्नु पर्ने भन्छन अब होला
नारायणी त के पाउला खै हनुमन्ते खोला !
पबित्र छिन् गंगा नदि तिम्लाई अब लिन्निन
यस्ता ढोंगी चरित्रलाई छेउमै पर्न दिन्नीन
साईकलमा हिंड्ने तिमि पजेरोमा आज
बिगतका तस्बिर देख्दा नलागोस है लाज
मुहार फेर्छु भनि कन कसम खायो जसले
उसको पनि उही पारा गर्छ अब कसले
आश गरेका तिमि मन्त्रि आज यस्तो पारा
जोगी सबै कान चिरेका भन्न लागे सारा
चुनाब लड्ने खर्च समेत माग्दै हीडेउ पहिले
अजंगको बयांकखाता जम्मा भयो कहिले ?
मगन्ते त्यो बानी तिम्रो सम्पति चाही यत्रो !
यति मात्रै हैन होला लुकाका छौ कत्रो ?
अति गरिब निमुखाको पनि लियौ चन्दा
उनकै पेटमा लात हान्दै आज यस्तो धन्दा !
सबै पछि लागे तीम्रा सूशासनक आशले
नपोलोस है अब तिम्लाई गरिबका गासले
गरिबलाई लात मार्दै माफियालाई इस्ट
कमुनिस्टको झन्डा ओडि धन्दा कमाऊनिष्ट!
लिएका थियौ जसको पैसा फिर्ता गर सब
ब्याज माथि बक्सिस थपि दिदा पुग्छ अब
सरकारले पाको छ रे शुसासनको तक्मा
कस्तो कार्बाही होला बरै यी मन्त्रीका हकमा
इतिहासमै पहिलो पल्ट दुई तिहाईको साथ
भ्रस्टहरु कार्बाही गर्दा नकापोस है हात
शुसाशनको तिम्रो नारा भए तिम्रो आँट
शुरु गर कार्बाही अब सिंह दरबार वाट
सदनको ब्यबहारले कस्तो नजिर आयो
पक्रिएमा फिर्ता गरो अनि माफी पायो !