समाचार

घारीपाटनमा ५ सयको निशुल्क जाँच

शनिबार पोखरा १७ घारीपाटनमा भएको शिविरमा ५ सय २ जनाको सित्तैमा परीक्षण गरिएको छ । शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण भएको हो । कार्यक्रममा मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. तारा कोइरालाले मधुमेह, थाइराइड, खराब बोसो जस्ता जाँचले धेरै रोग लाग्ने मुहान नै बन्द गर्न सघाउने बताए । उनले विकासोन्मुख देशहरु यस प्रकारका नसर्ने रोगबाट आक्रान्त हुँदै गएको उल्लेख गरे । उनले भने, ‘खानपान, जीवनशैली… पुरा पढौ

समृद्धि टोलमा नयाँ नेतृत्व

पोखरा १७ सीतापाइलामा रहेको समृद्ध टोल विकास संस्था र समृद्ध महिला समूहमा नयाँ नेतृत्व छानिएका छन् । शनिबार भएको टोलको साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । टोल विकास संस्थाको अध्यक्षमा माधव पनेरु, उपाध्यक्ष फडिन्द्र अकिञ्चन, सचिव जीवन सुवेदी, कोषाध्यक्ष सुमित्रा दुरा र सहसचिव विमला नेपाली छन् । ९ सदस्यीय कार्यसमितिका सदस्यमा भबिता कुमाल, राजु थकाली, दुर्गाबहादुर परियार र कमला बराल छन् । यस्तै समृद्धि महिला समूहमा अनिशा… पुरा पढौ

पोखरा ६ मा फोहोर गर्नेलाई ५० हजारसम्म जरिवाना

पोखरा भन्ने बित्तिकै लेकसाइड आइहाल्छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय सरसफाइको चुनौती थपिँदै गएको थियो । शुक्रबारसम्म जथाभावी फोहोर फाल्ने, फोहोर गर्नेले कहिले माफी पाउँथे । कहिले सामान्य जरिवानामात्र तिर्थे । अब पोखरा वडा नं. ६ मा त्यसरी छुट नमिल्ने भएको छ । पोखरा ६ वडा कार्यालयले सरोकारवालासहितको भेला गरी फोहोर गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो । सेफ्टी ट्यांकीको फोहोर फाल्नेले ५० हजार जरिवाना तिर्नुपर्ने छ… पुरा पढौ

बेगनासतालमा डुबेर युवकको मृत्यु

लेखनाथको बेगनासतालमा शुक्रबार दिउँसो डुबेर १ जनाको डुबेर मृत्यु भएको छ । दिउँसो ४ बजेतिर तालमा डुब्दै गरेको एक जनालाई बाटो हिड्ने मान्छेले देखेका थिए । डुबेका युवकलाई स्थानीय डुंगा चालकले केही समयमा उद्धार गरेका थिए । तालबाट बाहिर ल्याउँदासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । करिब ३० वर्ष उमेरका देखिने मृतकले रातो टिसर्ट, कालो हाइनेक, हाफ पाइन्ट, रातो चप्पल लगाएको र उनको पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय… पुरा पढौ

सरस्वती आधारभूतमा विद्यालय व्यवस्थापन समिति

पोखरा १८ सिमतालमा अवस्थित सरस्वती आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अभिभावक भेलाले रामचन्द्र तिमिल्सिनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको सदस्य सचिव शिक्षक नारायण तिमिल्सिना, सदस्यहरुमा विष्णु थापा, काजल महर्जन, पार्वती विक, रमेश परियार र चन्द्रा परियार छन् । भेलमा पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापा, विद्यार्थी नेता लक्ष्मण तिमिल्सिना, कांग्रेस पोखरा १८ का सभापति शिव तिमिल्सिना, नेकपा संयन्त्र सदस्य पुस्कल थापा, जनजागृति… पुरा पढौ

मुस्ताङमा ट्याक्टरसहित अवैध काठ बरामत

मुस्ताङमा पहिलो पटक ट्याक्टरसहित अवैध गोब्रे सल्लोको काठ बरामत भएको छ । थासाङ गाउपालिका वडा नम्बर २ कोवाङबाट घरपझोङ गाउपालिका वडा नम्बर २ मार्फा फर्निचरमा चिरानी गर्ने उद्देश्यले ल्याउदै गर्दाको अवस्थामा रातको करिव ११ बजे मार्फा सामाग्री नजीक प्रहरीले अवैध काठसहित ट्याक्टर बरामत गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । पोखराबाट मुस्ताङतर्फ आउदै गरेका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितको टोलीले मार्फा सामाग्री नजिक चेकजाच गर्ने क्रममा अवैध काठ बरामत… पुरा पढौ

मन्त्रीबाट हटाइएका सोडारी नेपाली कांग्रेसमा प्रवेश गर्ने मनस्थितिमा

सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट हटाइएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद समेत रहेका दीर्घ सोडारी पार्टीको साधारण सदस्य समेत नरहने गरि हटाइएपछि बिचल्लीमा परेका छन् । सामाजिक विकास मन्त्रीबाट उनलाई पर्याप्त कारण समेत नखुलाएर हुत्याएपछि उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने मनस्थितिमा पुगेको स्रोतले जनाएको छ । प्रदेश अध्यक्ष कर्ण थापाका अनुसार मंगलबार साझको बैठकले उनलाई कारबाही गरेको हो । तर, कारबाही गर्नुका पछाडी भने गाडी दुर्घटना प्रकरण मात्रै नभएर प्रदेश इन्चार्ज नेता… पुरा पढौ

मंसिर १ गते घारीपाटनमा निशुल्क शिविर हुने

पोखरा १७ का विभिन्न टोल विकास संस्था, आमा समूह, क्लब लगायतका संघ, संस्थाको आयोजनामा मंसिर १ गते शनिबार पोखरा १७ घारीपाटन निशुल्क शिविर हुने भएको छ । माउन्ट हेवन स्कुल प्रांगणमा हुने शिविरमा थाइराइड र रगतमा हुने खराब बोसोसम्बन्धी रक्त परीक्षण सित्तैमा हुनेछ । शिविर शनिबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा अन्य सबै प्रकारका रगत… पुरा पढौ

सुदूरपश्चिमका मन्त्री सोडारी बर्खास्त, सुवेदी नियुक्त

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तीमा परे लगतै उनको ठाउँमा अर्का मन्त्री नियुक्त गरिएको छ । सुदूरपश्चिम प्रदेशको नव नियुक्त सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आजै सपथ लिएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश प्रमुखको कार्यालयमा सपथ गराएका हुन् । मुख्यमन्त्री भट्टले मंगलबार नै सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई पदबाट हटाई सुवेदीलाई मन्त्री नियुक्त गरेका हुन् । तत्कालीन एमालेका कैलाली जिल्ला सचिवालय सदस्य सुवेदी कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति गठन

युआरएल पत्रकारिता पुरस्कार २०७५ प्रदान गर्न प्रतिभा छनोट समिति गठन गरिएको छ । पत्रकार राजबहादुर गुरुङ संयोजक रहेको समितिका सदस्यमा जिएमसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, अधिकारकर्मी रामबहादुर पौडेल, पत्रकार ऋषि खतिवडा र नेपाल पत्रकार महासंघ कास्की सदस्य कमल पौडेल ‘अथक’ छन् । पोखरा सभागृह चोकमा रहेको युनाइडेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले स्थापना तथा सञ्चालन गर्ने यो पुरस्कारको राशि नगद १५ हजार र ताम्रपत्र छ । गण्डकी प्रदेशमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं