स्वास्थ्य

पोखरा १७ मा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र, स्वास्थ्य बिमाको सुविधा

पोखरा महानगरपालिकाको वडा नम्बर १७ मा रहेको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रले स्वास्थ्य बिमा सेवा सुरु गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा सुरुआत गरे । शुक्रबार आयोजित कार्यक्रममा उनले महानगरपालिकाले समुदायस्तरमै स्वास्थ्य सेवा विस्तार दिने विभिन्न प्रयास गरिरहेको जनाए । उनले यहाँबाट उचित सेवा दिन गण्डकी मेडिकल कलेज (जिएमसी)सँग साझेदारी गरिएकोसमेत सुनाए । उनले पोखरामा जनघनत्व उच्च रहेकाले स्वास्थ्य सेवाको पहुँच पु¥याउन कठिन हुने जनाए । ‘यसपालि १७… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुविधासम्पन्न पिआइसियु

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालित क्षेत्रीय अस्पतालमा आजदेखि सुविधासम्पन्न बाल सघन उपचारकक्ष (पिआइसीयु) सञ्चालनमा आएको छ । प्रतिष्ठानको हालै रेट्रोफिटिङ गरिएको भवनमा नवनिर्मित ८ शड्ढयाको उपचारकक्ष औपचारिक रूपमा सञ्चालनमा ल्याइएको अस्पतालका बालरोग विभागका प्रमुख डा रामचन्द्र बास्तोलाले जानकारी दिए । सामान्य अवस्थाबाहेक गम्भीर अवस्थामा विशेष निगरानीमा राखेर उपचार गराउनुपर्ने बच्चाहरूलाई सघन उपचारकक्ष (पिआइसीयु) अनिवार्य हुने भएकाले यो सेवा अस्पतालले सुरु गरेको हो । अस्पतालले बाल सघन उपचारकक्ष बारेमा नै… पुरा पढौ

चिसो बढ्‍यो, अत्यावश्यक नभई घरबाहिर नजाऔँ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत लक्षण भएका बिरामीको सङ्ख्या बढ्ने भएकाले चिसोमा बाहिर ननिस्कन अनुरोध गर्नुभएको हो। “जाडोयाम सुरु भएसँगै सामान्यभन्दा तापक्रम कम भएर विभिन्न क्षेत्रमा हुने शीतलहर, हुस्सु, कुहिरो र हिमपात जस्ताले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा रुघाखोकी,… पुरा पढौ

लालीगुराँस सहकारीको रक्तदान, ६४ पिन्ट रगत संकलन

लालीगुराँस बहुउद्देश्यीय सहकारीले शनिबार आयोजना गरेको रक्तदानमा ६४ पिन्ट रगत संकलन भएको छ । पोखरा १२ लालीगुराँस टोलमा रहेको सहकारीले रक्त सञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरेको हो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेलले पहिलो रक्तदाता शिवराज घिमिरेलाई ब्लड ब्याग हस्तान्तरण रक्तदान सुरुआत गरे । पौडेलले रक्तदानलाई मानव सेवा र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यको संज्ञा दिए । रक्तदान कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले सहभागी सबै रक्तदाताप्रति… पुरा पढौ

पश्चिम क्षेत्रीय अस्पतालमै छ सुविधा सम्पन्न जलन युनिट

गण्डकी प्रदेशको सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले पनि सुविधा सम्पन्न जलन युनिट सञ्चालनमा छ । तीन दशकअघि नै स्थापना भएको जलन युनिटमा बिहीबार पनि तीन बिरामी उपचाररत छन् । सात शैयामा रहेको यो युनिटलाई केही जनशक्ति थप र क्षमता विस्तार गर्ने हो भने तत्काल जलनको उपचारमा समस्या नहुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सूचना अधिकारी सुशील अर्याल बताउँछन् । जलन युनिटका प्लास्टिक सर्जन डा पियूष गिरी वर्षमा एक सय… पुरा पढौ

चरक हस्पिटल १४ वर्षमा

पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको हस्पिटलले आइतबार बटुकहरुलाई ३० हजार नगद सहयोग गरेको थियो । आइतबार साँझ सयौं अतिथिमाझ हस्पिटलले डाक्टर र कर्मचारीहरुलाई… पुरा पढौ

फाइभ डी अल्ट्रासाउन्ड अब पोखरामै

गण्डकी प्रदेशको राजधानी सहर पोखराबाट फाइभ डी अन्ट्रासाउन्ड सुरु भएको छ । पोखराको न्युरोडमा रहेको पोखरा फाइभ डी अल्ट्रासाउन्ड डायग्नोस्टिक प्रालिले सोमबारबाट औपचारिक रुपमा सेवा आरम्भ गरेको हो । ५ डी अल्ट्रासाउन्ड उन्नत इमेजिङ प्रविधि हो, जसले सफ्टवेयरमार्फत ३ डी÷४ डी अल्ट्रासाउन्ड इमजेहरुलाई थप परिष्कृत बनाउँदै भ्रुणको यथार्थपूर्ण र जीवन्त दृश्य देखाउँछ । यो प्रविधिलाई एचडी अल्ट्रासाउन्ड पनि भनिन्छ । यस्तो अल्ट्रासाउन्डमा शिशुको अनुहार, बनावट र गतिविधिलाई अझ स्पष्टसँग देख्न… पुरा पढौ

चिनीः भान्छामै रहको मन्द विष !

चिनी खान जति गुलियो छ, उति नै स्वास्थ्यका लागि पनि हानिकारक छ । चिनी हाम्रो भान्छादेखि पूजाआजामा पनि प्रयोग हुने गर्दछ । भनिन्छ, चिनी धेरै खायो भने तीतो हुन्छ । स्वादमा मात्र होइन, यसले हाम्रो स्वास्थ्यमा पार्ने असरका दृष्टिले पनि उपयुक्त छैन । चिनीको प्रयोग धेरै वर्षअघिदेखि हुँदै आएको छ । करिब २५सय वर्षअघि उखुबाट चिनी बनाउने प्रक्रिया भारतमा सुरु भयो र विस्तारै चीन, पश्चिम अफ्रिका, ब्राजिल हुँदै विश्वभर फैलियो… पुरा पढौ

गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइदै

गण्डकी प्रदेश सरकार अन्तर्गतको गण्डकी आयुर्वेद अस्पताल कास्कीले यही असोज २९ गते बिहान ६ बजेदेखि १० बजेसम्म कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गर्ने भएको छ । सो कार्यक्रममा लक्षित उमेर समूह असोज २९ गतेसम्म १ वर्ष पुगेका र ५ वर्ष ननाघेकाका बालबालिकालाई स्वर्ण प्राशनको थोपा खुवाइने अस्पतालले जनाएको छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेका र ५ वर्ष ननाघेका बच्चाका अभिभावकले अस्पतालको वेबसाइट गएर वा गण्डकी आयुर्वेद हस्पिटल… पुरा पढौ

पोखरामा निरन्तर चिकित्सा शिक्षा

पोखरामा शनिबार निरन्तर चिकित्सा शिक्षा कार्यक्रम भएको छ । गण्डकी प्रदेशमा कार्यरत नाक, कान तथा घाँटीरोग विशेषज्ञको छाता संगठन सोल गण्डकीको विधिवत स्थापना भएको हो । कार्यक्रममा कानमा लाग्ने ढुसी रोगका विषयमा गण्डकी मेडिकल कलेजमा कार्यरत उपप्राध्यापक तथा सोल नेपालका केन्द्रीय सदस्य डा सञ्जय कोईराला र सिभिल अस्पताल काठमाडौमा कार्यरत सोल नेपाल केन्द्रीय महासचिव डा दिपेश शाक्यले इन्डोस्कोपले गरिने कानका अप्रेसनका विषयमा प्रस्तुति राखे । सोल नेपालको केन्द्रीय अध्यक्ष सहप्राडा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं