Featured News

बिखर्चीले माफी माग्दै च्याते ‘लमजुङ र पृथ्वीसुब्बा’ पुस्तक

बैठकमा सांकेतिक रुपमा आफ्नो पुस्तक च्यातेर नष्ट गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले माफी माग्दै आफ्नै पुस्तक नष्ट गरेका छन् । बिखर्चीले २०७८ कात्तिकमा प्रकाशन गरेको ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक पुस्तकमा गुरुङ जातिको गलत इतिहास लेखिएको गुरुङ संघ, संस्थाको दाबी छ । पुस्तकमा बिखर्चीले गुरुङभित्र विभेद रहेको उल्लेख गरेका थिए ।अधिवक्ता मीन गुरुङले सामाजिक सञ्जालमा पुस्तक राख्दै त्यसको आलोचना गरेका… पुरा पढौ

एमसीसी पक्षधरलाई लखेट्छौं: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् । विहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलामा उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसका विरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए । नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई माफी मागेर राजीनामा दिन अल्टिमेटम

गुरुङ जातिको इतिहासबारे गलत तथ्य लेखेको भन्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’लाई माफी माग्न र राजीनामा दिन अल्टिमेटम दिइएको छ । बिखर्चीले गुरुङमा उच्च र निच जात रहेको पुस्तकमा लेखेको सार्वजनिक भएपछि उनको चर्को विरोध भएको छ । २४ घण्टाभित्र गण्डकी प्रज्ञाप्रतिष्ठानका कुलपतिले भौतिक रुपमा उपस्थित भई तमू संघसंस्थाका अगुवाबिच लिखित माफी माग्नुपर्ने र ४८ घण्टाभित्र राजीनामा दिनुपर्ने उनीहरुले निर्णय गरेका छन् । तोकिएको समयसिमाभित्र माफी मागी राजीनामा… पुरा पढौ

फेवाको मापदण्ड घट्यो, अरु तालको पनि मापदण्ड तोकियो

पोखरा महानगरपालिकाले नगरभित्रका सबै तालको मापदण्ड तय गरेको छ। बुधबार बसेको कार्यपालिका बैठकले कास्कीका ९ वटै तालको मापदण्ड तोकेको हो । फेवातालको मापदण्ड ३० मिटरमा झारिएको छ । यसअघि फेवाको मापदण्ड ६५ मिटर थियो । जनप्रतिनिधिको कार्यकालको अन्तिम समयमा मापदण्ड तोर्किएको हो । फेवाको मापदण्ड तोक्नका लागि वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीको संयोजकत्वमा सिफारिस समिति गठन भएको थियो । कार्यपालिका बैठकले बेगनास र रुपातालको मापण्दड ५५ मिटरमा झारेको… पुरा पढौ

क कसले दिन पाउँदैनन् स्थानीय तहमा उम्मेदवारी ?

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारले मनोनयन दर्ता गराउँदा मनोनयन पत्रका साथ १९ बुँदे स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्थानीय तहसँग सम्बन्धित कानूनी तथा कार्यविधिगत व्यवस्थालाई व्यवस्थित गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा निर्वाचन अधिकृतसम्बन्धी व्यवस्था, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा कर्मचारी सम्बन्धी व्यवस्था, निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरुको काम, कर्तव्य र अधिकार, उम्मेदवारको योग्यता तथा… पुरा पढौ

दीर्घरोगीलाई मासिक ५ हजार दिने निर्णय

गम्भीर रोगका बिरामीलाई औषधि उपचारका लागि मासिक ५ हजार उपलब्ध गराउने सरकारको निर्णय कार्यान्वयनमा आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै निर्णय कार्यान्वयनको बाटो खुलेको हो। अब मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीले औषधि उपचारबापत मासिक ५ हजार पाउनेछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध… पुरा पढौ

पोखरा महानगरको न्यायिक सम्मेलन कांग्रेसले बहिष्कार गर्ने

नेपाली कांग्रेसले पोखरा महानगरले आयोजना गर्न लागेको न्यायिक सम्मेलन बहिष्कार गर्ने भएको छ । आइतबार विज्ञप्ति निकालेर पोखरा महानगरमा कांग्रेसका सचेतक रामराज लामिछानेले यस्तो जनाएका हुन् । चैत्र १४ गते सोमबारलाई तय भएको राष्ट्रिय स्तरको न्यायिक सम्मेलनप्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त न्यायिक सम्मेलन स्थानीय तहको चुनाव घोषणा भइसकेको अवस्थामा एकलौटी रुपमा प्रचारमुखी भएको हाम्रो ठहर छ ।’ सम्मेलनमा सम्माननीय राष्ट्रपति जस्तो मर्यादित संस्थालाई… पुरा पढौ

पल शाहलाई थुनामा पठाउन आदेश

जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत नवलपरासीमा पनि मुद्दा दायर भएको छ । तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।तनहुँ… पुरा पढौ

पत्रकार महासंघ ध्वस्त पार्ने धम्कीको निन्दा

प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीले नेपाल पत्रकार महासंघ कास्कीको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको भन्दै महासंघ कास्कीले त्यसको निन्दा गरेको छ । गिरीले शनिबार रााति सबा ११ बजेतिर महासंघ कास्की अध्यक्ष बिमला भण्डारीलाई फोन गरी महासंघको भवनमा आगो लगाएर ध्वस्त पारिदिने धम्की दिएको विज्ञप्तिमा उल्लेख छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशनबाट निर्वाचित नयाँ समितिलाई आइतबार पदस्थापन गराउने कार्यक्रम महासंघमा राखिएपछि चौतारी कास्कीले विरोध गरेको थियो… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा दिननाथ

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्षमा दिननाथ बराल निर्वाचित भएका छन् । शनिबार भएको मञ्चको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले नयाँ नेतृत्व चुनेको हो । बरालले प्रतिश्पर्धी रञ्जन अधिकारीलाई ९ मतले पछि पारे । बरालले २९ र अधिकारीले २० मत पाएका थिए । मञ्चको उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशि पौडेल र कोषाध्यक्ष कविता घर्तीमगर चुनिए । सदस्यमा नारायण शाही, दीपक मुल्मी, उमेश पुन र राजु गिरी निर्वाचित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं