जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका उनीमाथि जिल्ला अदालत नवलपरासीमा पनि मुद्दा दायर भएको छ ।
तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।]




