Author Archive

गृहमन्त्री लेखकको राजीनामा

जेनजी आन्दोलनमा निर्मम दमन हुँदा १९ को मृत्यु, ३०० जना घाइते भएपछि गृहमन्त्री रमेश लेखकले राजीनाा दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।  गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए। उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट आफू दु:खी रहेको र नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। … पुरा पढौ

लघुकथा प्रतिष्ठानमा नयाँ कार्यसमिति : अध्यक्षमा पन्त

लघुकथा प्रतिष्ठान पोखराको तेस्रो साधारण सभा तथा अधिवेशनले कल्याण पन्तको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा उपाध्यक्ष गीता तिवारी, सचिव बिष्णु बास्तोला र कोषाध्यक्ष कृष्णप्रसाद बास्तोला (राजु) रहेका छन् । त्यस्तै सदस्यमा रुपिन्द्र प्रभावी जोशी, शोभा लामिछाने, डा. नवराज न्यौपाने, ढाकामोहन बराल र गायत्री पराजुली चयन भएका छन्। अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार सरुभक्तले लघुकथा प्रतिष्ठानले पोखरामा आख्यानको क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको उल्लेख गर्दै, नेपालकै सन्दर्भमा… पुरा पढौ

गल्कोट समाज युकेमा विष्णुको नेतृत्व

गल्कोट समाज यूकेमा सर्वसम्मत् नयाँ नेतृत्व चुनिएको छ। सोमबार बर्मिङहम वेष्ट ब्रोमिचस्थित समाजको आफ्नै भवनमा सम्पन्न पाँचौँ अधिवेशनले विष्णु चालिसेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। नयाँ कार्यसमितिको तीन उपाध्यक्षमा मिडल्यान्डबाट सुरेश भण्डारी, स्कटल्याण्डबाट धनबहादुर केसी र लन्डनबाट राजु बोहोरा चयन भएका छन्। महासचिवमा गोबिन्दराम कंडेल, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा सिता खरेल र सहकोषाध्यक्षमा तेज भण्डारी निर्वाचित भएका छन्। त्यस्तै, कार्यसमिति सदस्यमा सुरेश परियार, मोती सुवेदी, किरण कंडेल, मोहित गौतम,… पुरा पढौ

र्‍यान्डममा दीपकको नेतृत्व

र्‍यान्डम रिडर्स सोसाइटीको ७ औँ अधिवेशन तथा १५ औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।अधिवेशनले दीपक पराजुलीको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्याक्षमा नेपालप्रकाश अधिकारी र गौरी तमू, सचिवमा ध्रुव केसी, कोषाध्यक्षमा भरत कोइराला र सहसचिवमा बाबुराम सुवेदी चयन भएका छन् । त्यसै गरी सदस्यहरूमा हसिना बस्नेत, खिम लामिछाने ‘काजी’, विष्णु सुवेदी, रामजीप्रसाद आचार्य, निकिता भट्टराई र शङ्करमणि त्रिपाठी (छन्दमणि) सर्वसम्मत चयन भएका छन्… पुरा पढौ

ओलीलाई लिङ्देनको चुनौतीः प्रत्यक्ष कार्यकारी बनाऔं, तपाईसँग म चुनाव लड्छु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग २०८४ सालको निर्वाचनमा एउटै क्षेत्रबाट चुनाव लड्न चुनौती दिएका छन्। शनिबार झापाको बिर्तामोडमा राप्रपाको जिल्ला अधिवेशनमा उनले प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन घोषणा गर्न र सोही निर्वाचनमा आफू उनीसँगै लड्न तयार रहेको बताएका हुन्। २०७९ सालको संसदीय निर्वाचनमा राप्रपा अध्यक्ष लिङ्देन झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेसका कृष्णप्रसाद… पुरा पढौ

ट्रकमा जिपिएस जोड्नुस्ः मन्त्री केसी

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले ट्रक व्यवसायीले मालसामान ढुवानीमात्र नभएर देशकै अर्थतन्त्र चलायामान गराएको बताएका छन् । शनिबार गण्डकी ट्रक यातायात व्यवसायी संघको ४८ औं वार्षिक साधारणसभामा उनले यस्तो बताएका हुन् । मन्त्री केसीले निजी क्षेत्र देशको अर्थतन्त्रको खम्बाको रुपमा रहेकोसमेत उल्लेख गरे । उनले बिमा दावी प्रक्रिया कठिन हुनु, समयानुकूल नीति नहुनु, दक्ष चालकको कमी, सडकको खराब अवस्था, भारतीय ट्रकहरूसँग प्रतिस्पर्धा लगायतका व्यवसायीका… पुरा पढौ

भाष्कर र राहुललाई डागर पुरस्कार

युवा उद्यमी तथा समाजसेवी भाष्कर उपाध्याय र राहुल उपाध्याय डागर स्मृति पुरस्कार २०८२ बाट पुरस्कृत भएका छन् । डागर स्मृति प्रतिष्ठान नेपालले राजन पराशर डागरको २४ औं स्मृति दिवस समारोह तथा संस्थाको साधारणसभामा नगद २० हजार सहितको उक्त पुरस्कार संयुक्तरूपमा अर्पण गरेको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रमा पराशरले आफ्ना श्रीमान्को स्मृतिमा प्रतिष्ठान स्थापना गरेर समाजसेवाका क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । उनले पराशर अब व्यक्ति… पुरा पढौ

तीजे गीत

१) नेपालका नेताले गर्नु गरे चईन !दु:ख पाउने नेपालीको सुन बईन!सौन्दर्यको खानी देश प्रकृतिको उपहारबादर हातको नरिवल भयो बरिलै ! २) जहिलेसुकै आकाशमा कालो बादल घेरिनेकहिले होला नेपालीको मुहार फेरिने ??दिनभरी काम गर्‍यो असिना र पसिनाशोषण र अभावले कम्ता डसिन, !! ३) छोरा छोरी पढाउनलाई ज्वालामूखी खपेझैरोग लागे आगोमाथी घिऊ थपेझै !!बेरोजगारी बढेको छ साउनको भेलझैसरकारको नीति सधै काचो बेलझै !! ४) दाल चामल तेल पनि उतैबाट आउने होकृषिप्रधान देश… पुरा पढौ

समुन्द्र परीको तीज

म त्यही हुँ, तिमी त्यही हौ, यो तीज पनि त्यही होतर तिमी भए जस्तो छैन आमा !भालेको डाकोसँगै तिम्रो चटारो सुरु हुन्थ्योचटारो मेरो पनि कम त छैनतर खै सै तिम्रो भदैरे झरीलोई नभिजाएको तिम्रो शरीरयता, मलाई साबरको पानीले बिरामी बनाउँछ ।आमा तिमीलाई त्यता गोडमेलको हतारो हुनुभन्दामलाई पहिले यता तीजले जुरुक जुरुक बनाउँछतिमीले त्यो गैरी खेतको आलीमा बसेर पोखेको वेदना कस्ले सुन्न पाउँछ ?यो काँक्रो, दाइ आउँदा, यो भाइ, यो दिदी… पुरा पढौ

पोखरामा सिआईसी शैक्षिक मेला हुने

विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी सिआईसी एजुकेशन हव पोखराले भदौ १६ र १७ गते दुई दिने शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । संस्थाले कास्की र वरपरका जिल्लाका विद्यार्थीलाई मुख्य रूपमा लक्षित गरेको यस मेलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड लगायतका मुलुकका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको प्रत्यक्ष सहभागिता रहनेछ । मेलामा आउने प्रतिनिधिमार्फत विद्यार्थी र अभिभावकले सम्बन्धित देशको शैक्षिक प्रणाली, विश्वविद्यालय तथा कलेजका कार्यक्रम, छात्रवृत्तिबारे जानकारी पाउने तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं