उनको आधुनिक दैनिकी

विगत केही समय यता अाम मानिसको दैनिकी मा बृहत् परिवर्तन अाएकाे छ। दिनकाे सुरुवात सकारात्मक उर्जा प्रदान गर्ने सुर्य काे दर्शन गर्ने, तुलसीकाे माेठमा पुजा गर्ने, पिपलकाे बाेटमा पानी चढाउने, केही समय याेग अभ्यासलाई दिएर अाफ्नाे नित्यकर्ममा लाग्नु पर्नेमा यसकाे ठिक विपरीत भएकाे छ। सुचना र प्रविधिको पहुँचले मानिसलाई अल्छी त बनायाे बनायाे झनै अाफ्नाे रितिरिवाज र सस्कृति प्रति पनि नकारात्मक धारणा राख्ने बनायाे।

विहानीकाे पहिलाे प्रहरमा जब अाँखा खुल्छ तब उनकाे सम्पूर्ण ध्यान माेवाईलमा जान्छ। सर्वप्रथम हिजाे राखेका अाफ्नाे फाेटाेमा कति लाईक र कमेन्ट अायाे भनेर हरिन्। करिब बीस जनाजतिकाे प्रतिक्रिया बाट खुसि हुदै प्रतिउत्तर दिईन्। एक जना नजिकका मित्रकाे मेसेजकाे उत्तर दिए पछि अाेछ्यानबाट उठेर हात मुख धुदै चिया खान लागिन। चियाकाे कपकाे फाेटाे खिच्दै फेसबुककाे स्टाेरीमा राखेपछि मात्र पिउन सुरु हुन्छ। चियाकाे रङ, स्वाद भन्दा पनि साथीकाे प्रतिक्रियालाई महत्त्वपूर्ण ठानिन्छ।

एकछिन पछि हाल संसारभर युवायुवतीमा प्रख्यात बनेकाे अर्काे मन भुलाउने साधन टिकटकले ध्यान अाकर्षण गर्छ। जानी नजानी भएपनि नयाँ नयाँ गितमा खुट्टा उचाली, कम्मर भाची, निधार खुम्चाई, टाउकाे हल्लाइ केही भिडियाे अाफुले पनि बनाएकाे हुन्छिन। एकछिनका लागि भनेर चलाउन बसेकाे टिकटकमा लामाे समय खर्च गरेकाे पत्ताे हुदैन। उता अामाले खान खानकाे लागि अनुराेध गर्छिन। हत्तपत्त माेवाईल खल्तिमा राखी खाना खान जान्छिन तर खानाकाे फाेटाे नखिची खाना खानु पाप सरह सम्झिएर एक फाेटाे खिच्छिन।

खाना खाएर पारिलाे घाममा केही समय व्यतित गर्छिन तर साे विश्राम त्यत्तिकै बसिएकाे भने कदापि हाेईन्। माेवाईल चार्जमा राख्नुपर्ने बाध्यता भएर हाे।

दिनकाे समयमा घरायसी काममा सघाउन पर्ने बेला फेरि माेवाईल चलाउन सुरु हुन्छ। अवकाे पालाे ईन्टाग्रामकाे हाे। केही साथी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित व्यक्तिहरुलाई नजिकबाट नियाल्न पाईने भएर उक्त सामाजिक सञ्जाल पनि चर्चाकाे शिखरमा रहेकाे छ। अाफ्नाे नया नया फाेटाे राखी उपस्थिति जनाउनु र अरुकाे गतिविधि हेरी रमाउनु यसकाे मुख्य बिशेषता हाे। लामाे समय एकै ठाउँमा बसि गहिराे चिन्तन गरि त्यहाबाट बिदा भईन्।

अब दिन ढल्केर साझ पर्न खाेज्दै छ। बिशेष गरि समयसापेक्ष विषयमा उचित र सटिक टिप्पणी गर्न रुचाइने अर्काे सामाजिक सञ्जाल ट्विटर पनि अहिले उत्तिकै चर्चामा रहेकाे छ। अाफ्नाे फलाेअरकाे सङ्ख्या कम भएकाे गुनासाे गर्दै उनी केही समय रमाइला , ज्ञानवर्दक, सुचनामुलक तथन तथ्यपरक सामाग्री हेर्दै बस्छिन। अाफुले गरेकाे पाेष्टमा कममात्र प्रतिक्रिया देखे पनि खुसि हुँदै अघि बढ्छिन। निरन्तरकाे लगाव र झुकावबाट केही मात्रामा भए पनि तथ्यपरक जानकारी प्राप्त गरेकाेमा उनी खुसि हुन्छिन।

साझ परिसकेकाे हुन्छ। घरमा अामा बेलुकाकाे पुजापाठ र अारतीमा व्यस्त हुन्छिन भने उनी माेवाईलमा गित बजाउद‌ै घर बाहिर निष्किन्छिन। अब खाना खाने बेला हुन्छ। सपरिवार सँगै बसेर अाजकाे दिनकाे विश्लेषण गर्दै राम्रा र नराम्रा घटनाकाे पक्ष र विपक्ष मुल्यांकन गर्न पर्ने बेला सबैजना माैन छन। उनी हतार हतार खाना खाएर निस्किन्छिन। बेलुकाकाे समयमा केही क्षण भए पनि अाफ्नाे मनमिल्ने साथीहरू सँग रमाइलो कुरा गर्ने क्रम अझै पनि निरन्तर चलिरहेकाे छ। केही ठट्यौली , केही रमाइला , केही महत्त्वपूर्ण कुरा विभिन्न साथीहरू सँग गरेपछि उनकाे सुत्ने बेला हुन्छ। माेवाईल सिरानी मुनि राखि निदाउने प्रयास गर्छिन र यसरी उनकाे दिनकाे अन्त्य हुन्छ।

माेवाईल, ईन्टरनेट तथा सामाजिक सञ्जालकाे सकारात्मक प्रयाेगले जीवननै परिवर्तन गर्न सक्छ । तर यसलाई केवल मनाेरञ्जन र समय व्यतीत गर्ने साधनकाे रुपमा प्रयाेग गरिनु गलत हाे। नयाँ कुरा सिक्न, नयाँ ठाउँकाे बारेमा जानकारी लिन, उर्जाशिल र क्षमताबान व्यक्तिको जिवनी अध्ययन गर्न तथा समयसामयिक राजनितिक, अार्थीक परिवर्तनको बारेमा ज्ञान लिन सक्ने गरि प्रविधिको सदुपयोग गर्न सके पक्कै हित हुनेछ।