विकल्प खोज्ने कि यत्तिकै बस्ने ?

नेपाल कम्युनिष्ट पार्टी नेकपमा लामो अन्तरसंघर्षको अन्त भएको छ । जीवन नै संघर्ष हो , संघर्ष नै जीवन हो । जीवनमा गति हुन्छ बिना गतिको जीवन शून्य हुन्छ र निर्जीव हुन्छ संघर्ष एउटा शास्वत सत्य हो । संघर्ष हुनुमा कुनै अनौठो मान्नु पर्ने हुदैन र थिएन पनि ।

समाजको अस्तित्व बनाउनमा वा अस्तित्व नष्ट गर्नमा संघर्ष भै रहन्छ । प्राचीन रितिरिवाज परम्पराहरू र ब्यवस्थाहरूको जन्म संघर्षबाटै भएका थिए । चेतनाको बिकाससंगै पुराना ब्यवस्था रितिरिवाज परम्पराहरू नयाँ समाजका लागि अमिल्दो हुदा यसलाई जरोबाट नै उखालेर फ्याक्नका लागि नयाँ परिबेशमा नयाँ संघर्ष हुन्छ र नयाँ ब्यवस्थाको सिर्जना हुन्छ ।

क्रोध, घृणा, हिंसा मानिसहरूमा हुने प्रबृत्तिहरू हुन् । यसैबाट संघर्षको जन्म हुन्छ । मानिसहरू बीच आदिम कालदेखि नै एकआपसमा संघर्ष हुँदै आएका थिए । मार्क्स भन्दा पहिला यी संघर्षहरूलाई बैज्ञानिक रूपमा ब्यख्या गर्ने काम भएको थिएन ।मार्क्स एङ्गेल्सले अहिले स
म्म भएको मानवको इतिहाँस बर्गसंघर्षको इतिहाँस हो भनेर संघर्षलाई बर्गसंघर्षसंग जोडि दिए ।
मार्क्सले बर्ग शब्दलाई आर्थिक बर्गको रूपमा प्रयोग गरेका छन् । जुन मानिसका आजिविकाको उपार्जनका तरिका एउटै किसिमका हुन्छन् त्यसलाई बर्ग भनिन्छ ।

सामन्तकालमा सामन्तहरूको आजिविकाको साधन भूमिको मालिक हुन र किसान, गुलामहरूको आजीविकाको साधन मालिकहरूको सेवा गर्नु थियो । आजको पूँजीवादी युगमा पूँजीपति मानिसहरू कलकारखानाका मालिक छन् र कलकारखानाद्वारा आजीविका प्रात्त हुन्छ ।ज्यामीहरू ज्यालाद्वारा जीवननयापन गर्दछन् । यश प्रकार पूँजीपति सबै एउटा बर्गमा आउँदछन् ।सबै ज्यामीमरू पनि एउटै बर्गमा आउँदछन् ।

यो बर्ग बिभाग आर्थिक आधरमा बनेको हुन्छ । पूजीपति बर्गमा सबै धर्म जाति सम्प्रदाय सबै देशमा जो पनि आउन सक्दछन् त्यस्तै ज्यामी बर्गमा पनि हुन्छ । धर्म जाति देशमा भिन्नता भए पनि स्वार्थ र हित एउटै भएकाले संसारभरका पूजीपतिहरू समान हुन्छन् त्यस्तै ज्यामीहरू पनि समान नै हुन्छन् । मार्क्सबादले बर्ग संघर्षद्वारा यस्तो असमान ब्यवस्थाको अन्त गरि सबै समानहुने समाजवादको कुरा गर्दछ ।

भिन्न भिन्न स्वार्थ समुहहरूका बीचमा हुने बर्ग संघर्षले वाद प्रतिवाद सम्बादका आधारमा गलतको निषेध र सहीको पक्षपोषण गर्दछ । यदि कुनै पार्टी भित्र चल्ने अन्तर्संघर्ष बर्ग संघर्षका आधारमा चले भने यसको परिणाम जनताको पक्षमा आउनेमा आसा गर्न सकिन्छ । यदि बर्ग संघर्षको आधारमा नभएर ब्यक्तिगत मान सन्मान पद प्रटिष्टाका लागि कोरा मानवीय गुणहरू क्रोध घृणा हिंसाका आधारमा भएका अन्तर्संघर्षबाट अग्रगमनमा होइन पश्चागमनमा संघर्षको अन्त हुन्छ । यस्तो संघर्षमा कसैको पनि हारजीत हुदैन । अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपामा भएको संघर्ष यस्तै खाले हो ।

संघर्ष गर्दा सम्म ओलीले अर्को पक्षलाई भारतको दलालका रूपमा प्रष्टाउँदै गए । मेरो राजीनामा भारतका दलालले मागि रहेका छन् भन्न भ्यए । प्रचण्डले भारतले होइन मैले मागेको भनेर भारतको बचाउ समेत गरे । ओलीलाई अमेरिकि दलाल हो यसले एम्।सी।सि।पास गराएर अमेरिकी सेना नेपालमा ल्यउँदैछ भन्ने आरोप लगाए ।

वाईबोडि बिमानकण्ड,गोकर्ण जग्गाकाण्ड, बालुवा टार जग्गाकाण्ड ओम्नीकाण्ड, प्रिङ्टिङ्ग प्रेसकाण्ड ,होलीवाइनकाण्ड , आदि सयौ भ्रष्टाचार बेथितिका हजारौ दोष ओली ग्रुपमाथि लगाइयो जुन सबै सही नै थिए । ओली ग्रुपले पनि भारतीय दलाल , राष्ट्रघातिको पगरी लगाउन चुकेन । जनसेनामा भएका भ्रष्टाचारलाई उठाउने कुरा भए । पार्टी माथिदेखि तलसम्म दुई फ्याक भयो । एक ग्रुपले जति सकिन्छ अर्को ग्रुपलाई खुइलाउने काम भयो । यसरी हेर्दा डवल नेकपा नामको पार्टी अब एक रहदैन भन्नेमा सबै पुगेका थिए ।

दुई दलालहरूले चोचो मचो मिलाए । यी माथि आफुहरूले एक अर्कोलाई लगाएका दोषहरू केही होइनन् देशी बिदेशी शक्तिहरूले हामीहरूलाई फुटाउन गरेका हरकत हुन् हामी मिल्यौ प्रतिक्रियावादीले चित खाए भन्दै आए । अरू त हनुमान भजनमण्डली न ठहरे दुई जना मिलेकोमा दिपावली नै गरे ।

यिनीहरूको संघर्षबाट भारतले अब कालापानी लिपुलेकको चर्को बिरोधबाट मुक्ति पायो । अमेरिकाले आफ्नो सैन्य योजना एम।सी।सि पास गर्ने बाटो पायो । हारेका बामदेवले राष्ट्रियसभा सदस्य पाए साहेद मन्त्री पनि पाउने होलान् , प्रचण्डले बीचको कुर्ची पाए, सरकारका कट्टर बिरोधिहरू भिम रावल, जनार्दन, रघुजीहरूले मन्त्री पाउलान् , ओलीले पाँचबर्षका लागि सरकारको नेतृत्व अभए दानका रूपमा पाए । यति भए पछि नेपालका सबै समस्याहरू सकिए ।

अब देशमा न बाह्यहस्तक्षेप बाँकि रहे न देशमा भोकमरि छ , न कोही बेरोजगार बाँकि रहे , न कोरोनाले मानिसहरू मरेका छन् , जता ततै राम राज्य स्थापना भयो । अब जनताका आधारभूत आवस्यकतामा पैसा खर्च गर्न आवस्यक भएन । जता ततै आ(आफ्ना मानिसहरू भर्ना गरि जनतामा रामराज्य स्थापना गर्ने घुषखोरी भ्रष्टाचारका मुद्दा अब कसैलाई नलगाउने, लागिहाले एकले अर्कोलाई भनसुन गरेर मिलाउने , राम मन्दिरहरू बनाउने , सबैका नाममा प्रतिष्ठानहरू बनाउने , मानिसको भन्दा सर्प बाघ भालु स्यलहरूको संरक्षण गर्ने , रेल पानी जाहाजका कुरा चर्को रूपमा उठाउने अन्य राजनीतिक पार्टी माथि प्रतिबन्ध लगाउने, कसैले साहास गरेर पार्टी खोलिहाले इन्काउन्टरका नाममा हत्य नै गर्ने अबका कार्यभार भनेका यो पार्टीका यिनै हुन आएका छन् ।

यो पार्टीको सरकार छदासम्म साठी सत्तरी बर्ष भन्दा तलको उमेर र उच्च शिक्षा लिएका ब्यक्तिहरूलाई नेतृत्वमा नलैजाने देखिँदा देखिदै पनि अरू पटमूर्खहरूलाई त यो नीति ठिकै होला केही पढे लेखेका ब्यक्तिहरू पनि टाँसियको टाँसियै गर्ने किन होला । छुचो मानिसले साँचो बोल्दछ भन्ने छ कतै गोकुल बास्कोटाले यदि एम्।सी।सि पास भएन भने सबैलाई अमेरिकाले सुलेमनि बनाउँदछ भनेका थिए कतै बिरोध गरेमा ज्यानको खतरा भएर त होइन भन्ने सङ्का गर्न सकिन्छ ।

अब यो रामराज्यबाट मुक्ति पाउन एक मात्र बिकल्प भनेको बर्गसंघर्ष सहितको बृहत् संघर्ष हो । आजको नेपालको परिबेशमा नत किसानले मात्र नेतृत्व गरेर क्रान्ति गर्न सक्छ, नत मजदुरले मात्र । चाहे किसान होस्, चाहे मजदुर होस्, चाहे निम्नतहका कर्मचारी पुलिस ,सेना हुन् , चाहे सडक ब्यपारी हुन् ,हरेक क्षेत्रमा रहेका सबै उत्पीडित क्षेत्र बर्गका सबका सब एक नभए सम्म क्रान्तिका कुरा कल्पना मात्र हुनेछ । त्यसैले सबै उत्पीडितहरू मिलि गर्ने क्रान्ति एकीकृत जन क्रान्ति हो । यही मात्र अबको बिकल्प हो ।