महामारीको संकेत: अभुतपुर्व परिवर्तन

सन २०२० को सुरुवात संगै सम्पूर्ण विश्व कोभिड- १९ को आतंक बाट ग्रसित छ। कोरोना परिवारको यो भाईरस वास्तवमा कती सम्म हानिकारक हो वा होइन भन्ने बिषयमा प्रशस्त विवाद देखिन्छ। त्यसभन्दा पनि महत्वपूर्ण कुरा यो भाईरसको उत्पत्ती चाइनामा कसरी भयो भन्ने कुरामा अझैसम्म पनि अनुसन्धान सम्पन्न नभएको र विश्व स्वास्थ्य संगठनले भर्खर मात्र अनुसन्धानको लागि पहल सुरु गरेको देखिन्छ। समस्या के हो भन्ने कुराको जानकारी नै स्पष्ट नहुँदै सम्पूर्ण संसारलाई त्रसित बनाएको यो भाईरस कतै सुनियोजित षड्यन्त्रको कारण त होइन भनी शहजै प्रश्न गर्न सकिन्छ।

गत सोमवार मात्र विश्व स्वास्थ्य संगठनको कोभिड-१९ परियोजनाको प्राविधिक नेत्री मरिया वन केर्खोव द्वारा एक टेलिभिजन अन्तर्वातामा यो भाईरस लक्ष्यण नदेखिएका (असिम्प्टोमेटिक) व्यक्तिहरुबाट अन्यमा सर्ने सम्भावना अत्यन्त न्युन रहेको एक अनुसन्धानबाट पुष्टी भएको जानकारी भयो तर पछी तुरुन्तै उक्त कुरा सच्च्याएर एस्तो सन्क्रमण चालिस प्रतिशत सम्म हुन सक्ने मोडेल हरुले देखाएको दाबी गरियो। यसबाट शहजै के अनुमान गर्न सकिन्छ भने विश्व स्वास्थ्य संगठन र अन्य वैज्ञानीक समुदाय यस बिषयमा न्युनतम रुपमा पनि एकमतमा छैनन र गलत सुचनाको आधारमा कोरोनाको नाममा कतै अनैतिक, अमानविय र अवैज्ञानीक राजनिती र व्यापार गरिएको त होइन? के यस विश्वका स्वतन्त्र वुद्दिजीबी र बैज्ञानीक हरु सग यस बिषयको सत्य तथ्य निकालेर सोही अनुसार शक्ती केन्द्र र राज्यहरुलाई निर्देशन गर्न सक्ने खुबी छ त? अन्यथा यो आतंकले सिर्जना गरेको भयाबह स्थितिको जिम्मेवारी कसले लिने? के आम मानिसहरुले अव सत्य तथ्य बुझेर विद्रोह गर्नुपर्ने स्थिती होइन र?

चाइना आँफैले यो समस्याको कसरी व्यबस्थापन गर्‍यो र गरिरहेको छ त्यो भने हाम्रो लागी रहस्यकै बिषय हो किनभने उसको भित्री कुराहरु पारदर्शी नहुने त्यहाको राज्य ब्यबस्था नै फरक छ। युरोप र अमेरिका लगायत बिकसित मुलुकहरुको लागि कोरोना भाईरस जे हो हाम्रो लागि त्यही होइन भन्ने हामीले बुझ्नुपर्छ। सामान्य फ्लु भाईरसको लागि उनिहरु मौसम अनुसार भ्याक्सिन लगाउछन भने हाम्रो लागि चाँही हाम्रा प्रधानमन्त्रीले भने जस्तै हामीलाई रुघा खोकी लाग्यो भने हाम्रो औषधी बेशार पानी नै हो अन्यथा छाती खराब भएको स्थितिमा मेडिकल चेक नगरि सिधै एन्टी बायोटिक्स खाने हो।अमेरिका सग न हाम्रो राजनिती मिल्छ, न समाज न त चाइना सग नै हाम्रो केही कुरा मिल्छ। तर उनिहरु जे गरिरहेका छन हाम्रो राज्यले अन्धाधुन्द त्यही गरिरहेको छ र उल्टो राज्य आँफैले कोरोनाको नाममा भ्रष्टाचार गरिरहेको सहन हामी वाध्य छौ। लकडाउनको नाममा घरभित्र थुनियौ भने अझै पनि खुल्ने हो कि फेरी बन्द हुने हो ठेगान् छैन। सबैभन्दा कमजोर र गरीबहरु जो मजदुरी गर्न बिदेशिएका थिए उनिहरु नै अब्यबस्थीत क्वेरन्टाइनमा थुनिएका छन। घरै बसे पनि केही समय खान पुग्नेहारुलाई मर्नु भन्दा यही ठीक छ भन्ने मानसिकता छ भने गाउमा किसानी गर्नेहरु यथावत काम गरिरहेका छन तर मजदुरी र सानो मझौला व्यापार गर्नेहरुको अवस्था नाजुक छ। सरकारी जागिर गर्नेहरुले तलब पाएका छन, नेताहरुले भत्ता पाएका छन तर निजी क्षत्रमा काम गर्नेहरुको अवस्था बेहाल छ। सत्ता पक्ष भ्रष्टाचार र सत्ताको दाउमा छ भने प्रतिपक्ष निरिह छ। यस्तो बेलामा सिमाना र अन्तर राष्ट्रिय सन्धी सम्झौताका गम्भिर मुद्दाहरु आम बहसको लागि अलपत्रै छोडिएका छन। कर्मचारी र नागरिकता सम्बन्धी बिबादास्पद बिधेयकहरु प्रस्तुत गरिएका छन। शैक्षिक क्षत्रलाई कसरी व्यबस्थापन गर्ने निर्णय गर्न सकिएको छैन। यस्तो अवस्थामा केही युवाहरु केही शहरमा विरोधस्वरुप सडकमा उत्रिएका छन भने राज्यले उनिहरुलाई दमन गर्ने बाहेक सम्बोधन गर्ने कुनै हैसियत छैन।

समस्या समाधानको पहिलो बिन्दु समस्यालाई सहि तरिकाले पहिचान गर्ने हो। हाम्रो लागि भने कोरोना भन्दा पनि बढी गैर जिम्मेवार राज्य नै पहिलो समस्या देखिन्छ। त्यसैले एक जमात युबाहरुले समस्यालाई सहि पहिचान गरेर विद्रोह गर्नुको बिकल्प छैन। रोग भन्दा भोक र अभाव हाम्रो लागि मूल समस्या हो भन्ने हामीले बुझ्नुपर्छ। तर भर्खर लामो राजनितिक विद्रोहलाई एक स्तरमा समाधान गरेर नयाँ ब्यबस्थामा टेकिसकेको मुलुकले फेरी अर्को त्यस्तो खाले विद्रोह गर्नु सम्भव र उचित दुबै देखिदैन। त्यसैले अबको विद्रोह फरक हुनुपर्छ। अब हामीलाई राज्य ब्यबस्था  परिवर्तन गर्ने विद्रोह होइन अब हामीलाई मानसिकता परिवर्तन गर्ने विद्रोह चाहिएको हो।

अहिलेको शताब्दीमा आएर राजातन्त्र फाल्नको लागि जनबिद्रोह गर्नु हाम्रो लागि बाध्यता थियो। तर अझै पनि केही मानिसमा राजा नै ठीक भन्ने अवस्था रहनु दुर्भाग्यको कुरा हो। अझै पनि राजामा सम्भावना देखिनुले हामी बैचारिक रुपमा अती नै कमजोर रहेको पुष्टि हुन्छ।

जमानाले हामीलाई एउटा भाईरस जो हाम्रो लागि खतरा नै होइन तर पनि हामीलाई सबै थोक बिर्सेंर घर भित्रै बस्न वाध्य बनाइदियो तर पनि हामी उही पुरानै दुनियाँमा छौ र हाम्रो चेतना उही छ। हामीलाई अझै पनि आफ्नो धर्म प्यारो छ, आफ्नो रुढिबादी सन्स्कार प्यारो छ, जस्तै भए पनि आफ्नो परिवार, समाज, आफ्नो कार्यक्षेत्र, आफ्नो पार्टी नै हामीलाई प्यारो छ। हामीले राजा त फाल्यौ तर त्यसभित्र लुकेको सन्स्कार फाल्न सकेनौ। किनकी आफ्नो राजा हामीले आफ्नो बुद्दी र क्ष्यमताले फालेका थिएनौ।

हाम्रो छिमेकी देशले बर्शौ देखी हाम्रो भुमिमा सेना राखेको छ तर हाम्रो सरकार हामीलाई नक्साको ललिपप देखाएर फकाउछ अनी हामी एस्तै खोक्रो राष्ट्रबादमा विश्वाश गर्छौ। 

हाम्रो बुध्दी अझै पनि पन्डित पुरोहित हरु द्वारा निर्देशित छ। हामी अझै पनि ज्यानमा जनै झुन्ड्याएर हिंड्न गर्ब गर्छौ। दुई तीन बर्ष प्रेम सम्वन्ध भएपनी चिना जुराएर बिहे गर्छौ। जो बाहुनबाद बाट पीडित छन उनिहरु समेत पूजा पाठमा प्रतिस्पर्धा गर्छन्। छुवाछुत अद्यापी कायम छ।ठुलो जातमा बिहे गर्दा मारिनुपर्छ।

यस्तो अवस्थामा विद्रोहको लागि सडकमा निस्केको युवाले बोक्नुपर्ने चेतना कस्तो हुनुपर्ला? कोभिड-१९ भन्ने भाईरसलाई यो युबाले कसरी व्याख्या गर्छ? हामीकहा भर्खर एम डी सकेका युवाहरु पनि प्रसस्त हुनुहुन्छ। के विश्व स्वास्थ्य संगठन र अन्य पश्चिमा हरुले बुझ्ने स्वास्थ्य निती र हाम्रो माटोले खोजेको स्वास्थ्य निती एउटै हो त? भाईरसलाई औषधी र भ्यक्सिन खाएर लड्नु भन्दा बेसार पानी खाएर जित्नुपर्छ भन्ने हाम्रा प्रधानमन्त्रीको   अभिव्यक्ती प्रती हामीले व्यङ्य त गर्यौ तर के हामी सग यस् कुराको बैज्ञानीक पुष्टि गर्ने हिम्मत नभएकै हो त? भारतमै रामदेबले कोरोनिल नामको औषधी प्याटेन्ट गरिसके। के हामी अब पनि त्यसको लागि चाहिने जडिबुटी सित्तैमा उतै पठाएर हामी चाँही महँगोमा त्यही औषधी किन्ने?

कोभिड-१९ भाईरस हाम्रा मानिसहरुमा देखिएको तीन महिना भैसक्यो। यसबिचमा के हामीले स्वतन्त्र रुपमा उक्त भाईरसको स्वभाव र जोखिमको बारेमा बिभिन्न कोणबाट अनुसन्धान गर्यौ त? मान्नुस् बैज्ञानीक अनुसन्धान त हाम्रो लागि सम्भव भएन। के हामीले यो रोगको सामाजिक पक्षको मुल्याङ्कन गर्यौ? के कुनै समाजसाश्त्रीले यस रोगले देखाएको स्वास्थ्य संकट र अन्य मानविय संकटको तुलनात्मक अध्ययन गरेको छ? लकडाउनपछी हाम्रो ब्यबसायिक क्ष्यत्रले  ठ्याक्कै कती क्ष्यती ब्यहोर्नु पर्‍यो त? के कुनै संस्थाले अध्ययन गरेको छ?

स्वतन्त्र चिन्तन बिना कुनै पनि नयाँ समस्याको समाधान हुन सक्दैन। अहिलेको मुल समस्या नै त्यही हो। हामी आम मेडियामा विश्वाश गर्छौ अनी गलत नियत भएका शक्ती केन्द्र हरुले मेडिया लगायत सम्पूर्ण सुचनाका श्रोत हरु कब्जा गरेका हुन्छन। कुरा स्पष्ट छ, रामदेव देखी सबै औषधी कम्पनी हरु र राज्यका प्रतिनिधि हरु हाम्रो समस्या र कमजोरी माथि ब्यापार गरिरहेछन। अनी हामी भने टुलुटुलु  हेरिरहन वाध्य छौ। तपाईं टिक्टक चलाऊनु हुन्छ तर थाहा हुँदैन कुन दिनमा तपाईंको देश र अर्को देशको सेनालाई लड्न वाध्य बनाइन्छ र तपाईं बिनाकारण त्यो प्रयोग गर्न पाउनुहुन्न। तपाईं फेसबूक र युट्युबमा सत्य तथ्य लेखेर जस्ताको तस्तै प्रस्तुत गर्नुस्, तपाईंलाई तुरुन्त ब्लक गरिन्छ। भर्खर मात्र डेभिड अैक भन्ने एक्जना प्रसिद्द बिद्रोही दार्सनिकलाइ युट्युबले ब्लक गरेको छ। यस्ता थुप्रै सचेत व्यक्तिहरु पीडित छन। त्यसैले पनि विद्रोह त अत्यावश्यक छ तर कसरी कस्तो चेतना बोकेर बिद्रोह गर्ने, मूल कुरा त्यही हो।

बिशौ शताब्दीका ख्यातिप्राप्त बिद्रोही दार्शनिक ओशोले दुई थरी बिद्रोही हुने कुरा उल्लेख गर्नुहुन्छ। एक्थरी प्रतिकृयाबादी हुन्छन जो हरेक कुराको बिरोध गर्छन्। उनिहरुमा सकारात्मक् भाव न्युन हुन्छ। अर्काथरी सचेत बिद्रोहीलाई ओशोले रिबेल भन्न रुचाउनुहुन्छ। अहिले सम्पूर्ण विश्व नै एउटा ब्यापक परिवर्तनको संघारमा छ। हाम्रो सामु अभूतपुर्ब समस्याहरु छन त्यसैले हामीले बुझ्नुपर्छ कि हामीसग अभूतपुर्ब सम्भावना हरुपनी छन। कुनै पनि समस्यालाई एउटै लेन्स्ले हेर्नु हुँदैन। अहिले हामी सग जुन समस्या छ यसलाई बुझ्न एउटै लेन्स पर्याप्त हुँदैन। त्यसैले व्यापक बहस र अनुसन्धानको खाचो छ। जती माग र चिन्तन बोकेर युवाहरु सडकमा हुनुहुन्छ, त्यतिले हाम्रो समस्यालाई सम्बोधन गर्न सक्दैन। प्रत्यक क्ष्यण जाग्रित रहन सक्ने चेतनाले मात्र अबको विद्रोहलाई सम्हाल्न र सम्बोधन गर्न सक्छ। समयले एकपटक आमूल परिवर्तनको सन्केत गरिसकेको छ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।