कविता : विश्व

मान्छे मान्छेभित्र किन लडिरेछन् ।
युद्द
गरिबीको
भोकको
शोकको
रगतको
सिमानाको
समानताको
स्वतन्र्ताको
परजीविको
मृर्त्युको
संबेदनाको
स्थीरताको
संयताको
कुदरतको, ईश्वरको

र पनि किन मान्छेहरु भनिरहेछन्
यो त युद्द होइन
यो त मात्रै बिकृति हो
बिसंगति हो
यो विशाल शान्तिस्थलमा
मान्छेभित्रको मान्छे टुक्र्याउन खोज्नु
मान्छे भित्रको मानव छुटाउन खोज्नु

र एउटा मानवको लिप्सा सुनिरहेछ
ती सबै सबै युद्द
भत्काउन भविश्यमा एउटा
मात्र एउटा मानवको लीप्सा आउनेछ

र जुन बेला
सम्पुर्ण मानिसलाई एउटै बनाउनेछ र
भन्नेछ
यति बेला सम्पुर्ण युद्द सकिने छन्
किनकी यति बेला
युद्द हुनुको कुनै कारण हुने छैन

जति बेला सबै मानवहरु केवल
एउटै मानव हिंसाको लीप्सा सम्झनेछन्

एउटै रगतमा
र एउटै लीप्सा
एउटै रंग
मानव हुनुको ।