जेठ २२ गते २०७७

ताजा समाचार

जेठ २२ गते २०७७

टिक्न नसक्ने भयौं, धान्ने वातावरण बनाइदिनुस् : व्यवसायी

- गृह मन्त्रालयको निर्देशनपछि निर्णय हुन्छ : प्रशासन



बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले बन्दाबन्दी भएको अवस्थामा उद्योग व्यवसाय धरासायी बनेपछि बागलुङका व्यवसायी चिन्तित भएका छन् ।

उनीहरुले सदरमुकाम बागलुङ बजारको व्यवसाय सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासनसमक्ष आग्रह गरेका छन् । बिहीबार बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसँग यस्तो आग्रह गरेको हो ।

व्यवसायीले आउँदा दिनमा बजारमा पसलहरु सञ्चालन गर्नका निम्ती सहज वातावरण सिर्जना गरिदिनका आग्रह गरेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । ‘दुई महिनादेखि लकडाउनको समय थपिदै गएको छ,’ राजभण्डारीले भने, ‘यस्तो अवस्थामा व्यवसायीको अवस्था निकै नाजुक छ ।’

उनले बजार सबै खुला गर्ने माग नभएको उल्लेख गर्दै सामाजिक दुरी कायमा गरेर कुनै निश्चित समय तोकेर व्यापार, व्यवसाय संचालन गर्ने बातावरण मिलाउन आग्रह गरे । घरभाडा, आफ्नै खर्च, कामदारको तलब, बैंक ब्याज, किस्ता आादिका कारण व्यवसायी अब धान्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

बजारका व्यवसायीले सहज बाताबरण सिर्जना गरी व्यवसाय संचालन गर्न माग गरेपछि संघले प्रशासन सँग परामर्श गरेको बरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा बाबुले बताए । प्रमुख जिल्ला अधिकारीले सैजुले भने व्यवसायीसँग छलफल भएको र एक, दुई दिनमा गृह मन्त्रालयबाट केही नयाँ सर्कुलर आएपछि मात्र थप कदम चाल्ने जानकारी दिए ।

बागलुङ बजारमा सरकारले बन्दाबन्दी गरे पनि खाध्यान्न, तरकारी, फलफूल, औषधी, किराना, भेटेनरी, औषधी पसल, हार्डवेयर लगायत खुलेका छन् । फेन्सी, होटल तथा रेष्टुरेण्ट भने पूर्ण रुपमा बन्द रहका छन् । बजारमा बैंक तथा वित्तिय संस्था सञ्चालनमा आएपछि लकडाउनको प्रभावकारीता देखिएको छैन । बजार क्षेत्रमा पनि यातायातका साधनसमेत चलेका छन् ।

प्रशासनसँग समन्वयका लागि संघका अध्यक्ष युवराज राजभण्डारी, केन्द्रीय सदस्य निर्माणकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा , प्रथम उपाध्यक्ष राजनकुमार शाक्य लगायतका गएका थिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं