अवसरवाद : एक निच प्रवृत्ति

श्रीमद्भागवत् पुराणमा एक प्रशङ्ग छ सत्यवादी भनिएका राजा हरिश्चन्द्र र अहींसावादी एक बाहुनको । सत्यवादी भनीयका राजा कसरी सब भन्दा अवसरवादी भए र अहींसावादी बाहुन कसरी सब भन्दा हींसावादी भए।

राजा हराश्चन्द्र झुट नबोल्ने छम छाम छक्का पञ्जा नगर्ने एक सत्यवादी राजा थिए । उनको कृति सत्यवादी भनि जगतमा फैलिएको थियो । बाहुन स्वभावैले साकाहारी थिए । उनी हींसात्मक हुने कुरै भएन । राजा हरिश्चन्द्रका सन्तान थिएनन् । सन्तान प्राप्तिका लागि यिनले बरूणको तपस्या गरे । बरूण प्रकट भएर वर माग्न भने, यिनले सन्तानको वर मागे ।

बरूणले तिमीलाई सात जन्म सम्म सन्तान सुख लेखेको छैन अरूनै वर माग भने । राजाले अलाप बिलाप गरेर सन्तान नै पाउँ भनी अड्डिलिएकाले बरूणले छोराको मुख हेर्न सम्मका लागि छोरो दिन्छु तर मुख हेरे पछि मलाई त्यसको बली दिनु पर्छ, यदि मञ्जुर छ भने भन भने । राजाले हुँदै नहुदा भन्दा एक पटक भए पनि छोराको मुख देख्न चाहे सर्त मञ्जुर गरे ।

जब छोरो जन्म्यो राजाले मुख हेरेर आत्म सन्तुष्टि लिए । उनलाई छोरोको बली कसरी टार्ने हो कसरी आफुसंगै राख्ननेहो भन्ने चिन्ता सुरू भयो । अब उनको सत्यवदीता डगमगायो । बरूण कबोल अनुसार बली लिन आए । राजाले अब जालझेल सुरू गर्न थाले । सुतकको बेला यज्ञादि शुभकार्य गर्न हुन्न न्वरान गरे पछि यज्ञ गर्ने र छोराको बली गर्ने भने । बरूण फर्के । न्वरान पछि बरूण फेरि आए । ब्रतबन्ध नगरे सम्म वालख बलीयोग्य मानिदैन ब्रतबन्धमा यज्ञादिकार्य गरेरबलीदिने कुरा गरे । बरूणले अझै पर्खे । जब छोरो ब्रतबन्धका लागि योग्य भयो । छोरालाई सबै गुह्य कुरा बताएर भगाए ।

पुन बरूण छोरो माग्न आए हरिश्चा्द्रले छोरो भागेर वेपत्ता भएकाले आफ्नो बाचा पुरा गर्न असमर्थ भएको लाचारी प्रकट गरे । बरूण रिसायर तँलाई पाण्डु रोग लागोस् । त्यो रोगबाट तँ हिड्न डुल्न नसक्ने भएर बाँच्न परोस् भन्ने श्राप दिएर गए । राजा श्ररापमा परे । यसबाट मुक्ति पाउन पुस्न बरूणकै तपस्या गरे । बरूण प्रकट भएर छोराको बली दिन नसकेता पनि एक बाहुन कुमारको ९बटुक० बली दिएमा श्राप फिर्ता लिने भने । राजालाई एक बाहुन केटा किन्न केही कठिन थिएन । आफ्ना मान्छेहरूलाई बाहुन वालक किनेर ल्याउन चारै तर्फ पठाए । त्यस समयमा बाहुनहरू अन्य उत्पादनका काम गर्दैनथे । दान सिदाबाट गुजारा गर्थे ।

त्येसैले गर्दा प्रायबाहुन गरीब थिए । जति गरिब भए पनि कसैले आफ्ना छोरा बेच्न तयार भएनन् । खोज्न गएकाहरू रित्तो हात फर्के । बाहुन मध्ये एक अलि हुने खाने थियो । उसलाई बालक खोज्न गएकाले सोज खोज नै गरेनन् । उसका तीन छोरा थिए । श्रीमान् श्रीमतीले यो कुरा थाहा पाए । उनीहरूलाई अझ धनको इच्छा जाग्यो । आपसमा सल्लाह गरे । जेठो बाबुको भयो कान्छो आमाको भयो । माइलो बेचिने भयो । त्यो द्रब्यपिचासले आफै माइलो छोरालाई राजा काहाँ लगेर बलीका लागि बेच्यो । राजालाई कानाले आँखा पाए जस्तो भयो । अब वालक बलीका लागि यज्ञ सुरू भयो । वालकलाई बली मौलोमा बाँधियो ।

पण्डित भनेका नर पिचासहरूले यज्ञ सुरू गरे । शास्त्रका मन्त्रहरू उच्चारण सहित यज्ञ होम भए । त्यो मौलोमा बाँधिएको बिचरा वालकको अलाप बिलापमा कसैको चाासो भएन । किनकी यो धर्मशास्त्र अनुसारको काम थियो । जव बली दिने बेला भयो त्यस अबोध वालक माथि खुकुरी चलाउन कोही तयार भएनन् । उसैको दुष्ट बाबुले यदि पहिला दिए जति पैसा दिएमा म आफै यसको मार हान्न तयार छु भन्दै आफै आयो । जब मानिस नैतिकताबाट तल झर्छ पहिला जस्तो सुकै सत्जन इमान्दार सत्यबादी भए पनि त्यो भन्दा खराब अरू कोही हुन्न भन्ने कुरा यश कथाले देखाउँछ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपामा मूख्य नेतृत्वका नेताहरू पनि साँच्चै पहिला सत्यवादी इमान्दार थिए । गरीब बाहुनले आफ्ना छोरा छोरीहरूलाई जस्तो सर्वहारा मजदुर किसानलाई माया गर्थे । जब युध्दमा हरिश्चन्द्रलाई जस्तो सङ्कटको घडि आयो ।

बिदेशी साम्राज्यवादी प्रभुको शरणमा गए । प्रभुले अब सर्वहारा मजदुर किसानको बली देओ । तिमीहरूले हाम्रा लागि काम गर स्वत तिमीहरूको पनि ब्यक्तिगत भलो हुन्छ भन्ने बरदान दिए सोही अनुसार काम गरिरहेका छन् । धन प्राप्तिका लागि कोराना जस्तो विश्वमहामारीको रोगकोअौषधिमा पनि धनका लागि आफ्नै छोरा काट्न तयार हुने बाहुनले जस्तो हर्कत देखाएका छन् । पतनको अन्तिम चरणमा पुगेका यिनीहरूबाट अब सर्वसाधारण जनताले त के त्यसै पार्टीमा भएका इमानदार नेता कार्यकर्ताको बली मात्र हुने देखिन्छ । मौलोमा बाँधि सकेका छन् , यदि सक्छौ भने अब केही घण्टा पछि हुने पोलिटब्युरो नामको यज्ञमा सामुहिक बल प्रयोग गरेर इमान्दार नेताकार्यकर्ता निष्कनु नै श्रेष्ठकर छ ।

नैबेद प्रसाद गर्न लागेमा पालो पालो गरि दलाल बाहेकको जीन्दकी सिध्दिने छ । एक असफलको स्थानमा अर्को असफल ल्याउनु पनि असफलता नै हो । सक्छौ भने बिद्रोह गर कम से कम यसै दलालपुँजीवादी ब्यवस्थामा भए पनि फासीवाज रोक्न सक्ने नयाँ अनुहारबाट सरकार परिवर्तन भएमा त्यसलाई पनि वर्तमान समयको प्रगति नै मानिने छ । यी हरिश्चन्द्र जस्ता भएका सत्यावादी र धनका लागि जस्तो सुकै कुकर्म गर्न पछि नपर्ने बाहुनका प्रतीक नेताहरूको जाल झेलमा पर्नु अझै पतनको बाटो समाउनु हो ।