छन्ददिवस मा नेपाली छन्द कवि सँग

१. कविता छन्द मा लेखे पनि गद्य मा लेखे पनि हामी कविताप्रेमी हरु को मूल उद्देश्य समाज मा असल विचार फैलाउने, स्वच्छ मनोरञ्जन को माध्यम ले समाज को सेवा गर्ने र मीठा मीठा र गहकीला काव्य द्वारा मातृभाषा लाई समृद्ध तुल्याएर जन्मभूमि को गौरव बढाउने नै हो ।

२. तर कविता लेख्दा मजबूत शब्दभण्डार को खाँचो पर्छ, यदि शब्दभण्डार कमजोर छ भने कि कवितै नलेख्ने कि एता उति तानतुन गरेर काम चलाउने समस्या आइपर्छ, जब कि तेसरी तानतुन गरेका शब्द ले कविता को सौन्दर्य बिगारिदिन्छ र लेखक र पाठक दुवै लाई पीडा दिन्छ । छन्दोबद्ध कविता को क्षेत्र मा त यो समस्या परिरहन्छ ।

३. तर केही कवि हरु शब्दभण्डार का धनी हुन्छन् । उनीहरु जसरी पनि छन्द मिलाउन शिपालु हुन्छन् । जस्तै लेखनाथ र देवकोटा, ई दुई महान् स्रष्टा नेपाली ले मात्र होइन विश्व ले नै गर्व गर्न पर्ने कवि हुन् । अचेल पनि केही कवि मा आंशिक रूप ले त्यो गुण विद्यमान छ । कति लाई आफ्नो घर गृहस्थी ले कविता मा लागिरहने फुर्सद हुन्न र प्रतिभा भएर पनि शब्दभण्डार मा कमजोर हुन्छन्, उनीहरु भाव ले भरिएका हुन्छन् र हृदय सरस हुन्छ र पनि शब्द नपाएर आफ्नो उद्गार बाहिर ल्याउन पाइरहेका हुँदैनन् ।

४. शिपालु कवि हरु को कर्तव्य हुन्छ उनीहरु लाई वैकल्पिक शब्द सिकाइदिने । तर नेपाली मा प्रायः के भइरहेछ भने कतिपय शिपालु कवि हरु छन्द मा लेख्ने ठूलो उत्साह लिएका नवोदित कवि हरु लाई गलत कुरा सिकाएर हतोत्साह बनाइदिन्छन् । उदाहरण का लागि शार्दूलविक्रीडित छन्द मा माथिल्लो पंक्ति मा ुु के देश ले पाउला रुुु लेखेर पछिल्लो पंक्ति मा के तेस ले पाउला ? भनेर टुंग्याउन मिल्ने र राम्रो पनि बन्ने अवस्था मा विचरा कथित शिपालु कवि उदीयमान कवि को ुु तेसुु प्रयोग सँग एसरी उतर्सिन्छ कि शायद तेस बेला के बोल्ने हो ? होश पनि पाउन्न होला ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।