फेदिखोला गाउँपालिकाको सर्केटारीमा स्थानीय आमा समूह र सर्केटारी समाजले पैदल आएका मजदुरहरुलाई खाना खुवाएको छ ।
नयाँ पुल, बागलुङ ,तनहुँदेखि पैदल हिडेर आएका मजदुरहरुलाई उनीहरुले खाना खुवाएका हुन्। भोकभोकै लखतरान परेर थाकेका ती मजदुर बिखर्चीसमेत भएका थिए । ठाँउ ठाउँमा स्थानीय सरकारका अवरोधहरु छिचोलेर स्याङ्जाको सर्केटारीसम्म आइपुगेका उनीहरुको दयनीय अवस्था देखेर आफूहरुका आँखासमेत रसाएको समाजसेवी सुवास पौडेलले बताए।
उनीहरु चाउचाउ र चिउराको भरमा सर्केटारीसम्म आइपुगेका हुन् । सर्केटारीमा अबदेखि भोकाएका पैदल यात्रुलाई सित्तैमा खाना खुवाइने सामजसेवी दिवाकर सुवेदीले बताए ।




