ताजा समाचार

मंसिर १४ गते २०७६

मखमली कविताको संगालो

देशको सिमा भत्काएर बाढी पसेको थाहा पाउदैन
छरपस्ट र असरल्ल छरिएका साधँहरु मिच्दै
गतिवानहरुले धावा बोल्दै छन आफ्नै मुटुको परिसरमा
आफ्नै आँगानको डिल भत्काएर
पराइले माटो ओसारेको थाहा पाउदैन।
९ खेलाडी घोडाहरु, पेज न।३५०

वास्तबमै यो समय यो कबिताको सान्दर्भिकता झन बढेर गरेको छ। साच्चै भन्ने हो भने देशमा एक प्रकारको विषम परिस्थिति सिर्जना भएको छ। हुन त देशले दशकौ अघि देखि कविताले सँकेत गरेको जस्तो परिस्थितिको सामना गर्दै आइ रहेको छ। केही समय अघि भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको केही भु( भागहरु आफ्नो नक्सामा समाबेश गरि नयाँ नक्सा सार्वजनिक गरेको छ। यति सम्म हुदा पनि उच्चस्तरीय तहबाट भने जस्तो पहल कदमिहरु नहुदा साच्चै हरेक स्वाभिमानि र राष्ट्रिय प्रेमि नेपालीहरु भोलिको देशको र राष्ट्रियताको कल्पना गरेर त्राहिम त्राहिमको मनस्थितिमा गुज्रिरहेका छन। तरै पनि राजनीतिक दलहरु , माथिल्लो निकायमा पदस्थहरु सामान्य बिरोध र आपति जनाउन बाहेक ससक्त रुपमा प्रस्तुत हुन सकि रहेका छैनन बरु सत्ता लिप्सा र ब्यक्तिगत स्वार्थकै पछि मात्रै लागि रहेका छन।

यहि प्रवृत्ति र चरित्र माथिको व्ययङ्ग् गरिएको अग्रज कबियत्री सरस्वती श्रेष्ठ ू सरुू को प्रथम कबिता सग्रह ू एक भुल्को घाम ओर्लेर सडकमाू मा सग्रहित कबिताको अङ्श हो उक्त कबिता अङ्श, सरु बिगत लामो समय देखि नेपाली साहित्यमा ससक्त उपस्थिति जनाइ रहेकि अग्रज स्रष्टा हुन। उनको अघिल्लो बर्ष मात्रै दोस्रो कबिता सग्रह ू फुलहरुको आधिू पनि प्रकाशित छ।

सुन्तलाको बोटमा तुन्द्रुङ्ग झुन्डिएको
सानिको सपना देखे
झुन्डिएको सपना भरी रङगिन चुरापोते सगैँ
मुग्लान पसेको सानेको
उदास उदास पर्खाइ देखे।
९ सुनको पहाड, पेज न।४१०

सुनको पहाड कबिता उत्कृष्ट बिम्ब सम्योजनबाट निर्मित हृदयलाइ स्पर्श गर्न सामार्थ राख्ने सुन्दर रचना हो। यो कबिताले हाम्रै समाज र भोगाइ बोलेको छ। आफ्नै देशमै केही गर्छु भन्ने देश भक्ति सानेहरु बाध्यताको गोरेटो डोरिएर साना बालबच्चा र सानिलाइ छाडेर मुग्लान जान बाध्य छन। त्यसो त उहिल्यै देबकोटाले यस बिषयमा ू मुनामदनू जस्तो जिबन्त कृति लेखी सकेका छन तर दशकौ पछि अहिले पनि सरस्वती सरुहरुको कलमले सुनको पहाड जस्ता रचनाहरु लेख्न बाध्य छन।

हिजो मदनहरु भोट जान्थे आज सानेहरु मलेसिया , कतार , साउदि जान्छन। पात्र अनेक होलान तर पात्रता उहीँ छ , परिस्थिति उहीँ छ। अझ बरु मुनाहरु, सानिहरु पनि मुग्लान जान बाध्य छन।दिनौ कति मुनाहरु सानिहरु बिरानो देशमा लुटि रहेका छन। मदनहरु, मुनाहरु हरेक दिन बाकसमा प्याक भएर फर्कि रहेको जो तितो यथार्थ छ। कृषि प्रधान देशमा कृषिको भन्दा रेमिटेन्स को योगदान धेरै हुन आफैमा बिडम्बना हो।

जब म कबिता लेख्न बस्छु,मेरो छोराले कलम खोस्छ
कापि माथि आसन जमाउछ र मा‌ैन भाषामा भने झै लाग्छ
ू आमा१ मै हु तिम्रो कबिता।। ।
९ मेरो कबिता, पेज न।स६४०

यो कबिता जति सरल र सामान्य छ तर यसले बोकेको अर्थ गहिरो र गम्भीर छ। यो कबितामा कबियत्रीले आफ्नै तिब्र अनुभोति र भोगाइ लेखेकि छिन। जो गृहस्थी समहाल्दै सिर्जना कर्मामा जुटि रहेका विशेष त नारी स्रष्टाहरुको भोगाइ हो। एउटि नारि स्रष्टा कसरी घरायसी काम धन्दाबाट समय चोरेर सिर्जना कर्मामा लाग्छिन भन्ने दृष्टान्त पनि हो। हृदयबाट निष्किएको सिर्जनाले सजिलै कसैको हृदयलाइ छुन सक्छ। यो कबिताले नारी सर्जकहरुलाइ त छुन्छ नै तर एक असल र जिम्मेवार पिताको मनलाई पनि स्पर्श गर्ने सामार्थ राख्द छ।सिर्जनामा आत्मा जोडेर बाचि रहेकाहरुले आफ्ना सन्तान समान सिर्जना ठान्नु र सन्तानलाई पनि सिर्जनाकै हाराहारीमा राख्नु अप्रासंगिक हुदैन ।

सखारै एक भुल्को घाम ओडेर कान्छाहरु
पिठ्युँ भरी दुखका पहाडहरु बोक्छन
खुसिका भन्झ्याङहरु उक्लन्छन त कहिले
भन्झ्याङका खुसिहरु बोकेर
दुखका पहाडहरु उक्लन्छन
९ पहाड बोकेर उक्लने कान्छाहरु, पेज न। ७१०

यो कबितामा कबियत्रीले मज्दुरहरुको पसिनाको गित गाएकि छिन। मजदुरहरुको श्रमको सम्मानमा हार्दिकतापुर्बक उभिएको छ यो कबिता, यस कबितामा बाच्नकै लागि , सामान्य आवाश्यकता पुर्तिकै लागि भारी बोक्नु पर्ने धनका गरिब तर मनका धनी कान्छाहरुको कथा छ। जो सगँ भौतिक सम्पन्नता भएर पनि खुसि छैन । तर कान्छाहरु जो सगँ खानकै लागि मजदुरी गर्नु पर्ने बाध्यता छ र पनि खुसि छ। मजदुरलाई नायकको रुपमा प्रस्तुत गरिएको यो कबिता मार्फत सरुले जिबन सघर्षमय रहेको कुरालाई कलात्मक तवरल प्रस्तुत गरेका छन।

चमेलिका कलिला हातहरुमा
अक्षरहरुका बीउ दिउयुन
कागजका बारीहरुमा, कलमका कोदालिहरुले
अक्षरका डल्लाहरु फुटाएर
अक्षरका खेतीबालि हुर्काउन।
९ अक्षरका खेतालाहरु, पेज न।६५०

भत्काउ आफुमा निहित सहिष्णुताको पर्खाल
बगाउ आफुमा निहित शितल शितल हिमनदिहरु
र फुटाइ देउ ज्वालामुखि पहाडहरु
तिमी भित्र आगो जन्मनु पर्छ समयको
तिमी भित्र आगो हुर्कनु पर्छ समयको ।
९ ओ, अनमिका, पेज न।६८०

बिचारको कोट लागाइ दिदैमा कविता हुदैन बुझेकी स्रष्टाले कला र बिचारको उपयुक्त समिश्रण गरेकी छिन्। सिहदरबारको आखाहरु बन्द छनेपाल , फुलहरुको स्वाभिमान, पर्खाल नभएको समय, झ्याउकिरी १, झ्याउकुरी २, झलकमानहरु, परिवर्तित समय लगायतका विभिन्न शिर्षकमा सड्चालिस वटा कबिताहरु छन।कृतिमा समाबेश कैयौं कबिताहरु सुन्दर र ससक्त छन।यति भैकन पनि यो सानो लेखमा ती कबिताहरुको चर्चा गर्न सम्भब छैन।

बिषयगत रुपले अध्यन गर्दा नारीबादि चेतना र जिबनबादि दृष्टिकोण मुखरिद भएको कबिताहरुको बहुल्यता रहेता पनि युद्धको बिरोध, निरकुश प्रवृत्तिको बिरोध, प्रणय भाब, अस्वाभाविक मृत्युको त्रास, नेपाली जाति प्रतिको गौरब, राष्ट्रियबादि भावना लगायत विभिन्न सामाजिक बिषयहरुमा जिम्मेवारी पुर्बक लेखिएका ससक्त कबिताहरु यस कृतिमा सग्रहित छ।

भनिन्छ पुस्तक एउटा जीवन जस्तै हुन्छ, जसरी पुस्तकका हरेक पृष्ठहरुमा बेग्लाबेग्लै अनुभोति, भोगाइ , अनुभब र घटनाहरु भए झै जिबनमा पनि हरेक दिन ,हरेक समय बेग्लाबेग्लै अनुभोति , अनुभव भोगाइ र घट्नाहरु हुन्छन। सरस्वती श्रेष्ठ ूसरुू को यो पुस्तक पढ्ने भाबकहरुले एउटा सिङ्गो जीवन पढे जस्तै अनुभव गर्न सक्छन। यो मेरो बिश्वाश हो।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।