मादी ११ सैमराङमा नेकपाको भेला

- समृद्ध नेपाल, सुखी नेपालीका लागि क्रियाशील बनौं : करण

कास्कीको मादी गाउँपालिका ११ सैमराङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वडा स्तरीय प्रशिक्षण भेला भएको छ । भेलामा नेकपाका केन्द्रीय कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण्ॉले पछिल्लो निर्वाचन प्राप्त मत अनुसार नेकपामाथि जनताको ठूलो आशा र भरोसा रहेको बताए । उनले सुखी नेपाली र समृद्ध नेपाल निर्माणको सपना साकार बनाउने गरी क्रियाशील हुन सबै नेता कार्यकर्तालाई अनुरोध गरे ।

नेकपा कास्की जिल्ला सहइन्चार्ज श्रीनाथ बरालले अहिले संघीय सरकारदेखि स्थानीय सरकारसम्म पार्टीको लगभग दुई तिहाई बहुमत भएको बताए । उनले पछिल्लो जनक्रान्तिद्वारा प्राप्त महत्वपूर्ण उपलब्धि रक्षा गर्न र जनआकांक्ष अनुरुप विकास, निर्माणका काम गर्न जनप्रतिनिधि तथा पार्टी कार्यकर्ता डटेर लाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी १६ जना नेकपा प्रवेश गरेका थिए । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सचिव पूर्ण लामा, नेकपा कास्की सदस्यहरु पदमप्रसाद पौडेल, कृष्णराज दहाल, जिसस कास्की सदस्य वृहस्पति सापकोटा, अनेमासंघकी निर्मला सुवेदी लगायतले वर्तमान सन्र्दभमा पार्टीको भूमिका अझै सशक्त बनाउनुपर्ने बताएका थिए ।

नेकपा मादी ११ अध्यक्ष जीवन परियारको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रनबहादुर लामाले पनि बोलेका थिए । कार्यक्रममा वडाध्यक्ष मित्रबहादुर गुरुङले वडामा भएका विकास, निर्माणका गतिविधिबारे प्रकाश पारेका थिए ।