ताजा समाचार

श्रावण १५ गते २०७६

विप्लव नेकपाले कब्जा गर्यो ४३ विघा जग्गा

नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कैलालीमा घर जग्गा कब्जा गरेको छ । पार्टीले कैलालीको बौनियामा ४ जनाको घर जग्गा कब्जा गरेको हो ।

पार्टीको जनपरिषद नेपाल बर्दगोरियाले ४३ विघा १७ कट्टा जमिन कब्जा गरेको हो । पार्टीले राजेन्द्र मल्ल र बिर बहादुर मल्लको ३५ विघा जमिन र घर कब्जा गरेको हो । यसैगरी देब बहादुर मल्लको ८ विधा घर जग्गा र सुदुरपश्चिम ग्रामिण बिकास बैंकको स्वामित्वमा रहेको १७ कट्टा जमिन कब्जा गरेको हो ।

कब्जा गरिएको घर जग्गामा पार्टीले झण्डा र ब्यानर समेत गाँडेको छ । गाडिएको ब्यानरमा सो जग्गा बिक्री बितरण गरेमा पार्टीले भौतिक कारवाही गर्ने चेतावनीसमेत दिएको छ । हाल नेकपाले कब्जा गरेको जग्गा सशस्त्र युद्धको बेला तत्कालीनमा माओवादीले पनि कब्जा गरेको थियो ।