ताजा समाचार

श्रावण १५ गते २०७६

योगेश भट्टराई पर्यटन मन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा योगेश भट्टराई नियुक्त भएका छन्। प्रधानमन्त्री कार्यालय स्रोतले बताएअनुसार नवनियुक्त मन्त्री भट्टराईले आज ४ शपथग्रहण गर्नेछन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि मन्त्री पद खाली थियो भने मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली साउन १८ गते उपचारका लागि सिंगापुर जाने कार्यक्रम छ।