ताजा समाचार

श्रावण १३ गते २०७६

संसद् बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाको अवरोधका कारण संसद बैठक साउन १५ गतेसम्मलाई स्थगित भएको छ ।

सांसदहरुले ४० मिनेटभन्दा बढी नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महरा बैठक स्थगित गर्न बाध्य भएका हुन् । 

उनले पटक पटक सांसदहरुलाई आसन ग्रहण गरी संसद सञ्चालनको वातावरण बनाउन आग्रह गरेका थिए ।

तर, सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक स्थगन गरिएको हो ।