ताजा समाचार

श्रावण १२ गते २०७६

लायन्सका पूर्व गभर्नर युक्तप्रसाद श्रेष्ठको निधन

लायन्स क्लब्स इन्टरनेशनल ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर युक्तप्रसाद श्रेष्ठको निधन भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ निवासी ५४ वर्षीय श्रेष्ठको आइतबार सामाखुसीस्थित हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेर निधन भएको हो ।

छतबाट खसेर गम्भीर घाइते भएका श्रेष्ठको पिपुल्स् अस्पताल नयाँबजारमा उपचारका क्रममा दिउँसो निधन भएको बताइन्छ । घटनाको कारण भने खुलेको छैन ।

श्रेष्ठ नेपाली कांग्रेस पर्वतका सचिव, धवलागिरि समाज काठामाडौंका सदस्यसमेत हुन् । श्रेष्ठको निधनसंगै लायन्स सदस्यहरू शोकमा डुबेका छन् ।

श्रेष्ठ मालपोत कार्यालयको नायब सुब्बाबाट अवकास प्राप्त कर्मचारी भएको प्रहरीले जनाएको छ ।

उनी आफैँ खसेका हुन् या कसैले खसालेको हो भन्ने बारेमा भने अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

उनको निधन भएलगत्तै लायन्स सदस्यहरूले विभिन्न माध्यममार्फत दुःख व्यक्त गरेका छन् ।