ताजा समाचार

श्रावण १२ गते २०७६

विप्लव समूहद्धारा साउन १५ गते बन्दको घोषणा (विज्ञप्तिसहित)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो पार्टीका नेता माइला लामाको गिरफ्तारी विरुद्ध संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ ।

शनिबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै साउन ११ गतेदेखि १५ गतेसम्मका संघर्षका कार्यक्रमहरु घोषणा गरेका हुन् ।

संघर्षका कार्यक्रमहरुमा साउन ११ गते प्रचार प्रसार, साउन १२ गते कोणसभा, १३ गते जनप्रतिरोध र जनकार्वाही, १४ गते मसाल जुलुस, १५ गते वाग्मती, नारायणी र जनक्पुरभित्र जिल्लाहरु बन्दको घोषणा गरिएको छ ।

जसअन्तर्गत दोलखा र रामेछापमा पनि बन्द गरिने जनाइएको छ । विज्ञप्तिमा सरकारको आततायी र निरंकुश गिरफ्तारी एवम् दमनको घोर भ्रत्सना समेत गरिएको छ ।

सो पार्टीका उपत्यका इन्चार्ज समेत रहेका माइला लामालाई गत साउन ४ गते काठमाडौंको काँडाघारीबाट प्रहरीले पक्राउ गरेको थियो । लामालाई बम विष्फोट लगायतका मुद्धा दायर गरी नख्खु जेल चलान गरिएको छ ।