ताजा समाचार

श्रावण ११ गते २०७६

यतीले भित्र्यायो पाँचाै‌ं ‘एटिआर ७२-५००’ जहाज

निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ७२ सिट क्षमता भएको पाँचौं जहाज भित्र्याएको छ।यतीले ‘एटिआर ७२-५००’ जहाज भित्र्याएको हो।

कल साइन ‘९एन-एएनजी’भएको जहाज शनिबार दिउँसो १:४० बजे अवतरण गरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पाइलट आरके सिद्धि र आर बी खड्काले बैंककबाट जहाज उडाएर ल्याएका हुन्।

योसहित यतीसँग १० थान जहाज भएका छन्। यती एयरलाइन्सले पोखरालाई पर्यटकीय गन्तव्य बनाउँदै अन्य सहरहरूमा पनि नियमित उडान गर्ने भएको छ।

पोखराबाट काठमाडौंका लागि उडान गर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवाभरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ।

एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखिभरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने भएको छ।

सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाई सेवा दिँदै आएको छ।

Image may contain: 5 people, people smiling, people standing