सिंगापुरमा जारी आईसीसी टि २० विश्वकप अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा शनिवार कुवेतसंग खेल्दैछ । खेल शुरु हुनै लागेको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल इन्डियन एसोसिएसन मैदानमा हुनेछ ।
आजको खेलमा नेपाल गर या मरको स्थितिमा छ । प्रतियोगिताको पहिलो खेलमा कतारसंग पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गर्दै पहिलो जित हात पारेको थियो ।
अंकतालिकामा २ खेलमा १ जित र १ हार पछि २ अंक सहित नेपाल तेश्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १/१ खेल खेली सकेपछि अंकतालिकामा उत्कृष्ट हुने १ टिम मात्र टि–२० विश्वकप अन्तिम छनौट खेल खेल्न पाउनेछ ।
टि–२० विश्वकप छनौट ११ अक्टोबर देखि नोभेम्बर ३ सम्म युएईमा खेलिनेछ ।




