पूर्वमिस नेपाल शृंखला खतिवडाले युरोपको सर्वाधिक अग्लो हिमाल मोन ब्ला आरोहण गरेकी छन् । फ्रान्सको निमन्त्रणामा खतिवडाले बुधबार हिमाल आरोहण गरेकी हुन् ।
नेपालसँग दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाउने क्रममा फ्रान्स पुगेकी उनले शिखरमा दुवै देशको झण्डा गाडेकी छन् । फ्रान्सका लागि नेपालको सद्भावना दूत बनेर युरोप पुगेकी खतिवडाले पर्यटकलाई नेपाल जान सन्देश दिँदै साइकल यात्रासमेत गरेकी छन् । फ्रान्स र इटालीको सीमा क्षेत्रमा पर्ने मोन ब्ला हिमालको उचाइ ४ हजार ८ सय १० मिटर छ ।
उनीसँगै नेपाली सिनेकर्मी सिसन बानियाँ र प्रज्वल थापामगरले समेत हिमाल आरोहण गरेका छन् ।




