माइला लामा जेल चलान

नेकपा कम्युनिस्ट पार्टी नेकपाका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । लामालाई मंगलबार ललितपुरस्थित नख्खु कारागार चलान गरिएको हो ।

काठमाडौंको काँडाघारीबाट आइतबार मध्य राति पक्राउ परेका उनलाई बम विष्फोट र ज्यान मार्ने उद्योगविरुद्धको मुद्धा चलाइएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।

लामा विप्लव समूहभित्रका प्रभावशाली नेता मानिन्छन् । एकीकृत माओवादी विभाजन भएपछि लामा मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए ।

लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । २०६४ मा उनी काठमाडौंबाट निर्वाचनमा समेत उम्मेदवार भएका थिए । लामाले तत्कालिन माओवादीका लागि कयौं गीत लेखेका छन् ।