धर्म परिवर्तन गराउने ३ पक्राउ

कास्की प्रहरीले धर्म प्रचार गर्दै हिड्ने ३ विदेशीलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिकाका विभिन्न स्थानमा बाइबल र क्रिस्चियन धर्मसँग सम्बन्धित पर्चा, पम्प्लेटसहित २ जापानी र १ कोरियनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले ३७ वर्षका जापानी नागरिक जिरो सेकियालाई रत्नचोकबाट पक्रेको छ । बाराहीचोकबाट ७३ वर्षका कोरियन नागरिक चो सुयाङ पनि पक्राउ परेका छन् । धर्म परिवर्तन गराउने ४७ वर्षीय जापानी नागरिक रेइको सेइको पनि पक्राउ गरेका छन् ।