नेपाल टस जितेर ब्याटिङमा, नेपाल कतार भन्दा कति बलियो छ ?

सिंगापुरमा जारी टी–२० क्रिकेट विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले मंगलबार कतारसंग खेल्दैछ । 

बिहान ७ः१५ देखि खेल सुरु गर्नुपर्ने भए पनि पिचमा देखिएको खरावीले गर्दा ढिलाई भएको छ । यतिबेला मर्मत कार्य भइरहेको जनाइएको छ । 

नेपालले टस जितेर ब्याटिङ रोजेको छ । 

जारी छनोटमा नेपाल शीर्ष वरियताप्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी–२० वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।

आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको थियो । 

नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएकामा ४ एक दिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेल जितेको छ ।

त्यस्तै टी–२० मा नेपालले १ र कतारले १ खेल जितेको छ ।