नेकपाले टुंग्यायो जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज

कम्युनिष्ट पार्टी ९नेकपा० ले जिल्ला कमिटीका इन्चार्ज(सहइन्चार्जको टुंगो लगाएको छ। आइतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज(सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिनेछ। आज ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकाका इन्चार्ज र सहइन्चार्ज तोकिएको उनले बताए । मंगलबार बस्ने सचिवालय बैठकले विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने उनले जानकारी दिए ।