प्रचण्डकी नातिनीको नयाँ गीत सार्वजनिक


बालगायिका स्मिता दाहालको स्वर रहेको गीत ‘जालैमा पार्छु’ सार्वजनिक भएको छ । गीतमा स्मितालाई गायनमा आशिष अविरलले साथ दिएका छन् भने शब्द एकनारायण भण्डारी र संगीत आशिषले नै दिएका छन् ।

गीतको भिडियोमा भने अभिनेत्री आँचल शर्मा र विजु पार्कीसँगै स्मिता पनि देखिएकी छिन् । खानेपानी मन्त्री विना मगरले गीतको सफलताको लागि शुभकामना दिइन् । ‘हाम्रो परिवारको सबै राजनीतिमै छौ । स्मिताले छुटै बाटो रोजेकी छिन्’ उनले भनिन् ।